Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

डेक्स

डेक्स

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग
ADVERTISEMENT

डुडुवा (बाँके) २० जेठ । डुडवा गाउँपालिका अन्र्तगत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ । मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजीको गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नुभएको छ । 
अध्यक्ष चौधरीले भन्नुभयो– “मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनितिक गतिबिधीमा सक्रिय देखिएपछि मिति २०७९ जेठ १८ गतेका दिन विद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाई विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनिति गर्ने या राम्रो कुरा होईन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथी समेत खिल्ली उडाएर व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरि प्रकाशित विज्ञप्तीप्रति घोर आपत्ती छ । ” विज्ञप्तीमा भनिएको छ । 
गाउँपालिका अन्र्तगत कार्यरत अरु शिक्षकहरुलाई मैले केही नभनी रेग्मीलाई मात्रै किन भन्ने र मसंग व्यक्तीगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने र गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई विशेष गरि विद्यालयको समयमा इमान्दारितापुर्वक आफनो पठन पाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दै गाउँपालिकालाई नै बदनाम हुने गरि गरिने यस्ता क्रियाकलापले ठुलो आँच आउने ठहर गर्दै संगठनले गलत, अपुष्ट, तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई स्थानीय प्रशासनसंग आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ । 
शिक्षक रेग्मीसंग मेरो कुनै पनि वाद विवाद नरहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले आफनो काम कर्तव्य र जिम्मेवारीमा लाग्न आग्रह गर्दै गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई नियम कानूनभित्र रही आफनो कार्यसम्पादन गर्न विज्ञप्तीमार्फत निर्देशन दिनुभयो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …