Pairabi logo

असोज २८, २०८३, बुधबार                    

विक्कीलाई कुटने समुह अझै पक्राउ परेनन

डेक्स

डेक्स

विक्कीलाई कुटने समुह अझै पक्राउ परेनन
ADVERTISEMENT

नेपालगन्ज, १५ जेठ ।
२०७९ जेष्ठ गे राती २ः३० बजे भारतको बहराइच सलारगन्ज, इदगाह सरिफ, थाना दरगाहका अतिक खान उर्फ विक्की नेपालगन्जस्थित स्टार लाइट होटलको लक्की स्टार क्यासिनोमा पुग्नुभयो । क्यासिनो खेल्नका लागि जानुभएका उहाँको पालो आयो । र, २० हजार रुपैँया मेसिनमा हाल्नुभयो । 

त्यस लगतै क्यासिनोको सुरक्षार्थ खटिएका गार्डले उहाँलाई बाहिर कसैले बोलाइरहेको भनि खवर गरे । त्यसपछि उहा बाहिर निस्के । बाहिर जाने वित्तिकै सुरेश कुर्मीले नियन्त्रणमा लिएर उनलाई पिट्दै गाडीमा बसाले ।

गाडीमा बसालेपछि उहाको कञ्चटमा पेस्तोल तेस्र्याइयो । गोली हानेर मार्ने धम्की दिइयो । ‘गाडीमा रहेका पंकज श्रीवास्तव, आश्विनी सिंह, सुरेश कुर्मी र अनुराग शाहले गोली हानेर मार्ने धम्की दिए । कसैले यहाँ होइन राप्ती नदीमा लगेर गोली हान्ने र उतै फाल्ने चेतावनी दिए,’ विक्कीले भन्नुभयो । 
उहाँले उक्त समुहले आपूmसँग भएको रु पाँच लाख लुटेर लगेको दाबी गर्नुभएको छ । उहाँले  पंकजको समुहले चार वटा सुनको सिक्री पनि लुटेर लगेको आरोप लगाएका छन् । ‘अपहरण गरेर होटलबाट लगेपछि बाच्ने आशा मरिसकेको थियो । जिन्दगी यहिसम्म रहेछ भनेर बच्चा र पत्नीलाई सम्झिए,’ उनले भन्नुभयो । 

पंकजको समुहले आफूलाई राप्ती नदी पुर्याएर फर्काएको बताउनुभयो । ‘त्यहाँबाट ल्याएर सिधै वडा प्रहरी कार्यालयमा लगेर राखे । २५ दिनसम्म थुनामा राख्ने धम्की पनि दिए ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान प्रहरीलाई उनीहरुले निर्देशन दिए,’ विक्कीले भन्नुभयो । 
अपहरण गरि लगेपछि उनको खुट्टामा चप्पल पनि थिएन । विहान वडा प्रहरी कार्यालयका इन्चार्जले आफ्नो चप्पल दिए । र, जिल्ला प्रहरी कार्यालय लैजान प्रहरी जवानलाई निर्देशन दिनुभयो ।

‘जिल्ला प्रहरी कार्यालयको एक तला माथिको कोठामा दुई जना प्रहरी थिए । सोही कोठाको सोफामा पंकज, आश्विनी, सुरेश र अनुराग बसेको देख्नासाथ म झस्केर डराएँ । मलाई अपहरण गर्नेहरु प्रहरी कार्यालयमा निर्धक्कसाथ बसेको देख्दा झस्किएँ,’ उहाँले भन्नुभयो । पंकज र विक्कीको दुश्मनी पुरानो रहेको छ  

सन् २०१४ मा भारतमा भएको एक निर्वाचनको विषयलाई लिएर विवाद चरिहेको थियो ।  पंकज र विक्की फरक पार्टीका प्रचारक थिए । त्यहिबेला दुई पक्ष वीच विवाद भयो । विवादमा धरपकड भयो । त्यसको रिस पंकजलाई थियो । त्यही रिसइवीका कारण पंकजको समुहले विक्कीमाथि गोली प्रहार गर्यो । पेटमा गोली लागेपछि उनी लखनऊस्थित ट्रमा सेन्टरमा भर्ना भए । उनको पेटमा २३ वटा टाँका लागेको छ । 
सोही घटनामा संलग्न भएको आरोपमा पंकज पक्राउ परे, तर केहि महिनापछि थुना मुक्त भए । ‘पंकजको समुहले हानेको गोली अझैँ पेटमा छ,’ उहाँले भन्नुभयो । 
पंकज र विक्कीको भेट लामो समय भएन । विक्की अहिले नेपाल आएर यहाबाट विवाह गरि नेपालगन्जको आर्दशनगरमा बस्नुहुन्छ । एकदिन एक रेष्टुरेन्टमा जम्काभेट भयो, तर बोलचाल भएन । ‘उसको र मेरो देखादेखमात्र भयो । केहि नबोलेर म फर्किएँ,’ उनले भने ।

पंकजको घर भारतको लखनऊ क्षेत्रमा भएको विक्कीलाई लागेको थियो । त्यसैले उनलाई उनका परिवारले लखनऊ बस्न दिएनन् । उनी नेपालगन्जमा कोठा भाडा लिएर बस्दै आएका छन् । उनको साथमा एक छोरा र पत्नी छिन् । ‘म नेपालगन्ज बस्न थालेको जानकारी पंकजले पाएछन् । मेरो नम्बर पत्ता लगाएर विच–विचमा मलाई फोन गरेर धम्की दिन्थे । म भारत गएको बेला ह्वाट्सपमा फोन गरेर पंकजले मलाई त्रसाउँथे,’ विक्कीले भने ।

उनले अपहरण गरि हत्या प्रयास गरेको भन्दै चार जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ ।  तर, घटना भएको १० दिन वित्दासमेत उनीहरुलाई प्रहरीले पक्राउ नगर्दा न्याय नपाउने होकी भन्ने चिन्ता छ । ‘नेपाल प्रहरीले मलाई न्याय दिन्छ भन्ने पूर्ण आशा छ, तर आरोपितहरु खुलेआम हिड्दा शंका उब्जिएको छ,’ उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले विक्कीले दिएको उजुरी दर्ता भइसकेको जनाएको छ । प्रहरीका अनुसार उजुरीको दर्ता नं ५४८ रहेको छ । उजुरी दर्ता भएर अनुसन्धान सुरु भइसकेको छ । किटानी जाहेरीको आधारमा आरोपितलाई पक्राउ गरि बयान लिइने छ,’ प्रहरीले जनाएको छ । 
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…