Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

सडक दुर्घटना न्युनीकरण गर्न कडा कानूनको आवश्यकता

सम्वाददाता

सम्वाददाता

सडक दुर्घटना न्युनीकरण गर्न कडा कानूनको आवश्यकता
ADVERTISEMENT

   नेपालगन्ज ८ जेठ । दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो । 


    नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज आइतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा कर्णाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूर्ण स्थापना र एकताबद्द प्रयास लगायतका विषयमा छलफल गरिएको थियो ।

मोटरसइक्लिंग सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आ आफनो धारणा राखेका थिए । 


    कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनीकरणमा आफैबाट आफनो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्वन्धीका कडा कानूनको निमार्ण गरि कार्यन्वयनमा जोड दिनुपर्ने माग गरेका थिए । 


    कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले सडक सुरक्षा नियन्त्रणका बारेमा प्रदेशस्तरबाट कानून, निति निमार्णको कार्यलाई जोड दिने भन्दै यसमा सबैको भुमिका प्रभावकारी बढाउनुपर्ने बताउनुभयो । प्रदेश सांसद आइपी खरेलले सडक सुरक्षासंग सम्वन्धित विषयमा विशेष ध्यान दिइ नागरिकस्तरबाटै सचेत हुनुपर्ने बताउनुभयो । अर्का सांसद कृष्णा केसी नमुनाले सडक दुर्घटना दिनदिनै बढदै गइरहेकाले यसको नियन्त्रणका लागि सबै जुटनुपर्ने भन्दै प्रदेश र स्थानीयस्तरबाट निमार्ण हुने कानूनहरुको कार्यन्वयन गर्न प्रतिबद्धता गर्नुभयो ।     


    कार्यक्रममा विश्व परिषद सदस्य गाविन्द भटराईले सडक सुरक्षाको राष्ट्रिय तथा अन्र्तराष्टिय सन्दर्भका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा ओर्थपेडिक सर्जन डा प्रकाश बहादुर थापा, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख हिमालय शाह, इन्जिनियर निमेष शर्मा, नेपाल पत्रकार महासंघ लम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्लाष्टिक सर्जरी तथा सामाजिक अभियन्ता डा विनोद कर्णले छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नुभएको थियो । 


    कार्यक्रममा नेपालगन्ज मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी युवा नेता भिम ओली, अधिकारकर्मी भोला महत, सुदिप भटराई बसन्त गौतम, तोजेन्द्र विक, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द जोशी लगायतले बोल्नुभएको थियो । 


    त्यस अवसरमा सडक सुरक्षाको सचेतनामुलक सन्देश प्रवाह गर्नका लागि नेपालगन्जका १२ वटा सार्वजनिक कार्यालय तथा संस्थाहरुलाई गुणस्तर प्रमाणित हेलमेट हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सडक सुरक्षा सम्वन्धी विश्वयापी प्रतिवद्धता पत्रमा सम्पुर्ण सहभागिहरुले हस्ताक्षर गरेका थिए । 
 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…