Pairabi logo

भदौ २१, २०८२, शनिबार                    

आइपीएल २०२२ : अहिलेसम्मको स्थिति

सम्वाददाता

सम्वाददाता

आइपीएल २०२२ : अहिलेसम्मको स्थिति
ADVERTISEMENT

 | 

२०७९ वैशाख २६

इण्डियन प्रिमियर लिग (आइपीएल) २०२२ का आधाभन्दा बढी खेलहरू सम्पन्न भइसकेका छन्।१० टिम सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने गर्दछ।पछिल्ला सस्करणभन्दा यसपटकको प्रतियोगितामा दुई टोली थप भएका कारण राउन्ड रोबिन लिगका नियममा पनि केही परिवर्तन गर्दै १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।एउटा टोलीले लिग चरणमा कुल १४ खेल खेल्नुपर्छ ।

अहिलेसम्म प्रतियोगितामा दशौँ चरणसम्मका खेलहरू समाप्त भइसकेका छन्।ताजा स्थितिमा ११ खेल खेलेको गुजरात टाइटन्स ८ जीतसहित १६ अङ्क बोकेर अंकतालिकाको शीर्ष स्थानमा छ भने १० खेलमा केवल दुई खेल जितेको मुम्बई इण्डियन्स् ४ अङ्कसहित तालिकाको पुछारमा छ।आइपीएल २०२२ मा अहिलेसम्मको स्थिति र केही मुख्य झलकहरू यहाँ प्रस्तुत गरिएको छ ।

अंकतालिका र अहिलेसम्मको स्थिति

आइपीएलको पछिल्लो संस्करणमा केवल आठ टोली टोलीमात्र समावेश थिए।यसपटक दुई टोली थपेर १० बनाइएको छ र ती दुई नवप्रवेशी टोलीहरूले नै प्रतियोगिताको दुई शीर्ष स्थानमा कब्जा जमाएर बसेका छन्।१६ अंक सहित आइपीएलको नयाँ टोली गुजरात तालिकाको शीर्ष स्थानमा छ भने १० खेलमा ७ जीत निकाल्दै १४ अंकसहित अर्को नवप्रवेशी टोली लखनऊ सुपर जायन्ट्स् दोस्रोमा छ।

लिग चरणको समाप्तिसँगै तालिकाको शीर्ष चार टोलीले फाइनलमा स्थान बनाउनका प्रतिश्पर्धा गर्नेछन्।शीर्ष दुई टोलीकाबीच फाइनल प्रवेशका लागि ‘क्वालिफायर’ म्याच हुन्छ भने तेस्रो र चौथो स्थानका टोलीबिच ‘इलिमिनेटर’। क्वालिफायरमा जित्नेले फाइनलमा स्थान बनाउँछ भने इलिमिनेटरमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ।बाँकी बचेका दुई टोलीबिच फाइनलमा स्थान बनाउनका लागि प्रतिश्पर्धा हुन्छ।

अहिलेको स्थितिसम्म सेमीफाइनलमा पुग्ने चार टोलीमध्ये गुजरात र लखनऊको सम्भावना धेरै देखिन्छ।समान १० अंक भए पनि नेट रनरेटका आधारमा राजस्थान रोयल्स तेस्रोमा र रोयल च्यालेन्जर्स बैंगलोर चौथो स्थानमा छन्।८–८ अङ्क बोकेका तीन टोली दिल्ली क्यापिटल्स्, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्स् क्रमशः पाँचौँ, छैठौँ र सातौँ स्थानमा छन्।१० खेलमा ४ जितसहित ८ अंक बोकेको कलकत्ता नाइटराइडस् आठौँ स्थानमा छन्।अहिलेसम्मको स्थितिमा तेस्रोदेखि सातौँ स्थानसम्मका पाँच टोलीबिच नै शीर्ष चारमध्ये बचेको दुई स्थानका लागि भीडन्त हुने देखिन्छ।

आइपीएलका दुई सबैभन्दा सफल टोलीहरू मुम्वई इण्डियन्स र चेन्नई सुपर किंग्स् भने यसपटक नराम्ररी ‘फ्लप’ भएका छन्।६ पटक आइपीएल जितिसकेको मुम्बईले शुरूवाती आठ खेलमा लगातार पराजय भोगेर खराव किर्तिमान बनाइसकेको छ।मुम्बईले पछिल्ला दुई खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने कोशिस त गरेको छ, तर उसका लागि अब धेरै ढिला भइसकेको छ।प्लेअफमा पुग्न उसलाई जीतसँगै केही ठूलै चमत्कारको आवश्यक छ।

यसपाली चारपटकको विजेता र महेन्द्र सिंह धोनीका कारण पनि चर्चित टिम चेन्नई सुपर किंग्स् पनि गाह्रो स्थितिमा छ।उसले खेलेका १० खेलमध्ये ७ मा उसले हार भोगेको छ र केबल ६ अंकसहित नवौँ स्थानमा छ।अन्तिम चारमा स्थान बनाउन उसलाई पनि भगवानले नै हात थापिदिनुपर्ने अवस्था छ।

अरेन्ज र पर्पल क्यापको भीडन्त

आइपीएलमा प्रतियोगिताभर नै बढी रन बनाउने खेलाडीलाई अरेन्ज क्याप दिइन्छ भने धेरै विकेट लिने खेलाडीलाई पर्पल क्याप।यसपटक ब्याटिङतर्फ राजस्थान रोयल्सका ओपनिङ ब्याट्स्म्यान जोस बटलरले तहल्का पिटिरहेका छन्।१० खेलमा ३ शतक र ३ अर्धशतकसहित ६५.३३ को औसतमा ५८८ रन बनाएका बटलरको शिरमा शुरूबाटै अरेन्ज क्याप सजिएको छ।

आइपीएलको एउटै सिजनमा सबैभन्दा बढी रन र शतक बनाउने किर्तिमान भारतका विराट कोहलीको नाममा छ।उनले २०१६ मा एकै सिजन ४ शतक र ७ अर्धशतकसहित ९७३ रन बनाएका थिए।जारी सिजन तीन शतक प्रहार गरिसकेका इंग्ल्याण्डका जोस बटलर सामु कोहलीको दुवै किर्तिमान तोड्ने अवसर उपलव्ध छ।

धेरै रन बनाउने खेलाडीको सूचीमा १० खेलमा २ शतक र २ अर्धशतक सहित ४५१ रन बनाएका लखनऊका केएल राहुल दोस्रो स्थानमा र १० खेलमै ३ अर्धशतकसहित ३६९ बनाएका पन्जावका शिखर धवन तेस्रो स्थानमा छन्।यी शीर्ष तीनबाहेक अन्य १० खेलाडीले प्रतियोगितामा ३ सय रन पूरा गरिसकेका छन्।

त्यस्तै राजस्थान रोयल्सकै स्पीनर युजबेन्द्र चहल १० खेलमा १९ विकेट लिँदै पर्पल क्यापका हकदार बनेर बसेका छन्।अर्का स्पीनर दिल्ली क्यापिटल्सका कुलदीप यादव १० खेलमा १८ विकेट लिँदै चहललाई कडा टक्कर दिइरहेका छन्।यादवका पछाडि दुई तीब्र गतिका बलर पञ्जावका कागिसो रवाडा र हैदरावादका टी नटराजन १७–१७ विकेट लिँदै पछाडिबाट दवाव सिर्जना गरिरहेका छन्।

प्रतियोगितामा १६ विकेट लिइसकेका बेंगलोरका वनिन्दु हसरङ्गा र १५–१५ विकेट लिएका कलकत्ताका उमेश यादव, गुजरातका मोहमद सामी र हैदरावादका उम्रन मल्लिकलाई पनि यो सिजन पर्पल क्याप जित्न सक्ने खेलाडीका रूपमा हेरिएको छ।

अहिलेसम्मका प्रमुख प्रसङ्गहरू

यसपटकको आइपीएलमा अहिलेसम्म ब्याटिङतर्फका धेरै किर्तिमानहरू जोस बट्लरले आफ्नो नाम गराएका छन्।धेरै रन, धेरै शतक, धेरै अर्धशतकका साथै धेरै छक्का र धेरै चौकाको किर्तिमान पनि बट्लरकै नाममा छ।उनले अहिलेसम्म १० खेलमा ३६ छक्का र ५० चौका प्रहार गरिसकेका छन्।एउटै खेलमा धेरै छक्का हान्ने किर्तिमान भने संयुक्त रूपमा चेन्नईका रबिन उथप्पा र जोस बट्लरको नाममा छ।उथप्पाले बेंगलोर विरुद्ध र बट्लरले दिल्ली विरुद्ध एकै इनिङ्मा ९ छक्का प्रहार गरेका थिए।

यो सिजन लखनऊका लागि उत्कृष्ठ पारी खेल्दै दुई शतक बनाइसकेका केएल राहुलले मुम्बई विरुद्ध ५६ बलमा बनाएको शतक यो सिजन सबैभन्दा कम बलमा बनाइएको शतक हो।आइपीएलको इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने किर्तिमान भने वेष्टइन्डिजका ब्याट्स्म्यान क्रिस गेलको नाममा छ।सन् २०१३ मा उनले पुने वारियर्स विरुद्ध ६६ बलमा १७५ रन बनाउँदा गेलले केबल ३० बलमै १०० रनको आँकडा पार गर्दै किर्तिमान राखेका थिए जसलाई आजसम्म कुनै खेलाडीले तोड्न सकेका छैनन्।

जारी सिजनमा ह्याट्रिक पूरा गर्ने एकमात्र बलर युजबेन्द्र चहल नै रहेका छन्।उनले कलकत्ता विरुद्धको खेलमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए।आइपीएल इतिहासको यो २१औँ ह्याट्रिक हो भने राजस्थान रोयल्सका खेलाडीका तर्फबाट पाँचौँ।

राजस्थान रोयल्सले दिल्ली विरुद्ध बनाएको २२२÷२ को स्कोर जारी सिजनमा कुनै पनि टोलीले बनाएको सबैभन्दा ठूलो योगफल हो भने बेंगलोरले हैदराबाद विरुद्ध बनाएको ६८÷१० को स्कोर यस सिजनको सबैभन्दा कम योगफल हो।

यसपटकको आइपीएलमा सनराइजर्स हैदराबादबाट खेल्दै गरेका एक भारतीय तेज बलरले सबैको ध्यान आफूतर्फ आकृष्ट गरिरहेका छन्।२०२१ को सिजनबाट आइपीएलमा सहभागिता जनाएका जम्मु–कश्मिरका २२ वर्षीय उम्रन मल्लिकले लगातार १५० किलोमिटर प्रतिघण्टाको दरले बलिङ गर्दै क्रिकेटपारखीहरूको मात्र होइन भारतीय छनौटकर्ताहरूको ध्यान समेत आफूतिर तानिरहेका छन्।उम्रनले गुजरातको टोलीविरुद्ध ४ ओभरमा २५ रन खर्चँदै पाँच विकेट लिएका थिए जुन जारी आइपीएलको सबैभन्दा उत्कृष्ठ बलिङ विश्लेषण हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, २० भदौ । राष्ट्रिय समाचार समिति (रासस)ले पहिलो पटक अवधी भाषामा सुरु गरे…

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले…

लोकप्रिय

सबै

तीन महिने तालिमले इन्दिरा र गीतालाई बनायो आर्थिक रुपमा सक्षम

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिल…

काँग्रेस बाँकेको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

नेपालगञ्ज, १६ भदौ । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्धारा आयोजित दुई दिने जिल्ल…

बाँके जानकी गाउँपालिका अध्यक्ष खाँको स्वास्थ्यमा समास्य, लखनाउमा उपचार हुदै

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि …

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

यो पनि

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलि…

लुम्बिनी कपमा आज एपिएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने

लुम्बिनी कपमा आज एपिएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने

नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आ…