Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

डेक्स

डेक्स

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
ADVERTISEMENT

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा बद्री चापागाईंले बताउनुभयो । 

उहाँले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको बताउनुभयो । “कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो”, डा चापागाईंले भन्नुभयो, “तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ ।” उहाँले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिनुभएको छ । 

भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन् । भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा चापागाईंले दिनुभएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन् । 

सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४०, मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी हुनुहुन्छ । यसैगरी यो अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारको लागि आएको डा चापागाईंले बताउनुभयो । यो अवधिमै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी उपचारको लागि भेरी अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ ।  

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताउनुभयो । उहाँले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 
–––

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …