Pairabi logo

मंसिर ०२, २०८३, मंगलबार                    

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

डेक्स

डेक्स

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान
ADVERTISEMENT

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा “एक घर, एक अध्ययन कुनो” अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सफलतापूर्वक सम्पन्न भएको छ।

Plan International Nepal को साझेदारीमा Banke UNESCO Club (BUC) र Radhakrishna Tharu Janasewa Kendra (RKJS) द्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको Safe Future Project अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो। अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष श्री मिनबहादुर थापाको सहभागिता रहेको थियो।

उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम तथा नकारात्मक प्रभावबारे महत्वपूर्ण जानकारी गराउँदै बालबालिकालाई उचित हेरचाह, संरक्षण, मार्गदर्शन तथा शैक्षिक सहयोग प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले बालबालिकाको सुरक्षित, स्वस्थ र सकारात्मक विकासका लागि परिवार तथा समुदायले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, कोठियाघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्री रोशनबहादुर पुन मगरले बालविवाह तथा लागुऔषध दुरुपयोगसँग सम्बन्धित कानुनी प्रावधान तथा दण्ड–सजायबारे जानकारी गराउनुभयो। उहाँले बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि परिवार, समुदाय, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर र घनिष्ठ समन्वय आवश्यक रहेको बताउनुभयो।

साथै, समयमै सूचना तथा उजुरी गर्ने, जोखिम पहिचान गर्ने र सामूहिक रूपमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। अभियानमा Alumni Club, Adolescent Girls’ Club तथा Child Clubका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

युवा तथा किशोर किशोरीहरूले घरदैलोमा पुगेर बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण, अभिभावकीय जिम्मेवारी तथा बालबालिकाको घरमै अध्ययन गर्ने वातावरण निर्माणका लागि  “एक घर, एक अध्ययन कुनो”को महत्वबारे परिवार तथा समुदायलाई जानकारी गराएका थिए।

कार्यक्रमको व्यवस्थापन तथा समन्वय Banke UNESCO Club की Field Supervisor श्रीमती मिनु थारु तथा Radhakrishna Tharu Janasewa Kendra की Field Supervisor श्रीमती दिक्ष्या बिष्टले गर्नुभएको थियो। उहाँहरूको स्थानीय समुदाय, सामुदायिक प्रहरी तथा सरोकारवालासँगको प्रभावकारी समन्वयले अभियानलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

घरदैलो अभियानले बाल संरक्षण तथा बालविवाह र लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी सन्देशलाई प्रत्यक्ष रूपमा परिवार तथा समुदायसम्म पुर्‍याउनुका साथै समुदायको सचेतना, स्वामित्व र सामूहिक जिम्मेवारीलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

साथै, बालबालिका, किशोरकिशोरी तथा युवाहरू स्वयं समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने सन्देशलाई समेत अभियानले उजागर गरेको छ। बालविवाह र लागुऔषध दुरुपयोगको रोकथाम कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन; यो परिवार, समुदाय, युवा, स्थानीय सरकार, सामुदायिक प्रहरी तथा विकास साझेदार सबैको साझा दायित्व हो।

आपसी समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धतालाई थप सुदृढ गर्दै जोखिमको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी संरक्षण सुनिश्चित गर्न सकिन्छ। आउनुहोस्, बाल्यकालको संरक्षण गरौँ, शिक्षालाई प्राथमिकता दिऔँ, युवालाई सशक्त बनाऔँ र सुरक्षित घर, सबल समुदाय तथा हरेक बालबालिकाका लागि उज्ज्वल भविष्य निर्माणमा एकताबद्ध भएर अघि बढौँ।

ताजा

सबै

श्रीअगा अस्पतालको सेवा प्रभावकारी, आँखा उपचार सेवा सुरु

कोहलपुर, बाँके । बाँकेको कोहलपुरस्थित श्रीअगा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न…

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, २७ कात्तिकः सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह…

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके, २७ कात्तिकः बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्व…

संरक्षणको अभावमा कान्तिताल

बाँके, २६ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र…

लोकप्रिय

यो पनि

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया, २५ कात्तिकः वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु…