Pairabi logo

असोज ०५, २०८३, सोमबार                    

बाढीमा ज्यान गुमाएका परिवारलाई कोहलपुर नगरपालिकाद्धारा ५० हजार क्रिया खर्च

डेक्स

डेक्स

बाढीमा ज्यान गुमाएका परिवारलाई कोहलपुर नगरपालिकाद्धारा ५० हजार क्रिया खर्च
ADVERTISEMENT

नेपालगञ्ज  १५ भदौः रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 

कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार राहत दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका दुई जनाको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ । कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र सोही वडाका महेश थारुको बाढीका क्रममा मृत्यु भएको हो । 

कबिलालको शव चितवनमा फेला परेको थियो । उहाँको शव शनिबार कोहलपुर ल्याई अन्त्येष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै, महेशको शव कोहलपुर ल्याइएको छ ।

एघार जना अझै सम्पर्कविहीन

बाढीपछि कोहलपुरका ११ जना नागरिक अझै सम्पर्कविहीन रहेको विवरण छ । बेपत्ता भएका व्यक्तिका आफन्तले नगरपालिकालाई उपलब्ध गराएको विवरणका आधारमा उनीहरूको खोजी भइरहेको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाले बेपत्ता नागरिकको खोजीका लागि जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्य सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । सोही आधारमा टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्यमा आवश्यक समन्वय गर्नेछ ।

नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा गठन गठित टोलीमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारुसहित नगर प्रहरी र बेपत्ता नागरिकका परिवारका सदस्य रहने जनाइएको छ ।

खोज, उद्धार र राहतलाई प्राथमिकता
नगर कार्यपालिका बैठकले बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको छ ।

विपद्का कारण उत्पन्न समस्याको तत्काल सम्बोधन गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बैठकले बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

बैठकले सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकताका साथ अघि बढाउने र प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय समेत गरेको छ ।

उद्धार कोषमा पारिश्रमिक

नगरकार्यपालिका बैठकले बाढी प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले  आर्थिक योगदान गर्ने निर्णय भएको छ । जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
 
उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले बाढी प्रभावितको खोजी तथा उद्धारसँगै मृतकका परिवारलाई राहत र शव व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढाउने जनाएको छ ।
–––

ताजा

सबै

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि