Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

डेक्स

डेक्स

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच ४० किलोमिटर नगर बस सञ्चालनसम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिनुभयो ।

दुर्गम गाउँबाट अस्पतालसम्म पुग्न बिरामीले सवारीसाधन अभावमा भोग्दै आएका समस्या समाधान गर्दै बिरामीको सहजीकरणका लागि अस्पतालको आग्रहमा बस सञ्चालन गर्न थालिएको प्रालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले पहिलो चरणमा सम्झना चोकबाट क्यान्सर अस्पतालको गेटसम्म दुईवटा बस सञ्चालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने उल्लेख गर्नुभयो ।

अस्पतालसम्म सिधैँ आउने सवारीसाधन नपाएर अलमलमा पर्ने गरेका बिरामीलाई नगर बस सञ्चालनले सहज हुने अस्पतालका कार्यकारी निर्देशक डा भट्टराईको भनाइ छ ।

अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि सञ्चालन हुने नगर बसले खजुराबाट नेपालगन्जका लागि रु ४०, राँझा चोकसम्म रु ५०, कोहलपुरसम्मका लागि रु १००  र सम्झना चोकसम्मका लागि रु १२५ सेवा शुल्क तोकिएको छ । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीले अस्पतासम्म पुग्ने सवारीसाधन नपाउँदा समस्या भोग्दै आएका थिए ।  
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…