Pairabi logo

भदौ २२, २०८३, सोमबार                    

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

डेक्स

डेक्स

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
ADVERTISEMENT

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२र८३ मा ५३ प्रतिशत बढी राजस्व सङ्कलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ३३ लाख १४ हजार ४००  राजस्व सङ्कलन भएकामा गत आवमा रु १७ लाख ७४ हजार २४२ वृद्धि भई रु ५० लाख ८८ हजार ६४२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५३ दशमलव ५३ प्रतिशत बढी हो ।

लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई १५ लाख र फिङ्गरलिङ १२ लाख गरी कूल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो । केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ २६ लाख २४ हजार ६७२ उत्पादन गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा केन्द्रले ह्याचलिङ दुई करोड १८ लाख, फ्राई ३३ लाख १५ हजार २० र फिङ्गरलिङ भुरा २१ लाख २२ हजार ५२० उत्पादन गरेको थियो । “सीमित साधनस्रोतका बाबजुद पनि माछाका भुरा उत्पादनमा उल्लेख्य प्रगति भएको छ”, अधिकृत थापाले भन्नुभयो । 

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी उत्पादन गर्दै आइएका जानकारी दिँदै उहाँले गत आवमा नयाँ प्रविधिको प्रयोग गरिएकाले अघिल्ला वर्षको तुलनामा उत्पादन बढेको बताउनुभयो । “हामीले उत्पादन बढाउँदै लगे पनि माग उत्पादनभन्दा बढी छ । दक्ष प्राविधिक जनशक्तिका कारण क्षमताभन्दा बढी उत्पादन गर्न सफल भएका छौँ”, थापाले भन्नुभयो । 

केन्द्रको कूल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये एक दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ । सो क्षेत्रमा भुरा उत्पादनका लागि साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन् । तीमध्ये चार रेयरिङ ९हेरचाह० पोखरी, १२ नर्सरी पोखरी, छ माउ पोखरी र एउटा खाने माछा पोखरी छन् । उत्पादन गरिएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आइएको मत्स्य विकास केन्द्रले जनाएको छ ।
 
ताजा

सबै

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशका…

लोकप्रिय

यो पनि

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्त…