Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

डेक्स

डेक्स

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
ADVERTISEMENT

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२र८३ मा ५३ प्रतिशत बढी राजस्व सङ्कलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ३३ लाख १४ हजार ४००  राजस्व सङ्कलन भएकामा गत आवमा रु १७ लाख ७४ हजार २४२ वृद्धि भई रु ५० लाख ८८ हजार ६४२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५३ दशमलव ५३ प्रतिशत बढी हो ।

लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई १५ लाख र फिङ्गरलिङ १२ लाख गरी कूल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो । केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ २६ लाख २४ हजार ६७२ उत्पादन गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा केन्द्रले ह्याचलिङ दुई करोड १८ लाख, फ्राई ३३ लाख १५ हजार २० र फिङ्गरलिङ भुरा २१ लाख २२ हजार ५२० उत्पादन गरेको थियो । “सीमित साधनस्रोतका बाबजुद पनि माछाका भुरा उत्पादनमा उल्लेख्य प्रगति भएको छ”, अधिकृत थापाले भन्नुभयो । 

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी उत्पादन गर्दै आइएका जानकारी दिँदै उहाँले गत आवमा नयाँ प्रविधिको प्रयोग गरिएकाले अघिल्ला वर्षको तुलनामा उत्पादन बढेको बताउनुभयो । “हामीले उत्पादन बढाउँदै लगे पनि माग उत्पादनभन्दा बढी छ । दक्ष प्राविधिक जनशक्तिका कारण क्षमताभन्दा बढी उत्पादन गर्न सफल भएका छौँ”, थापाले भन्नुभयो । 

केन्द्रको कूल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये एक दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ । सो क्षेत्रमा भुरा उत्पादनका लागि साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन् । तीमध्ये चार रेयरिङ ९हेरचाह० पोखरी, १२ नर्सरी पोखरी, छ माउ पोखरी र एउटा खाने माछा पोखरी छन् । उत्पादन गरिएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आइएको मत्स्य विकास केन्द्रले जनाएको छ ।
 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …