Pairabi logo

कात्तिक २६, २०८३, बुधबार                    

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

डेक्स

डेक्स

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग
ADVERTISEMENT

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्यले अनुदान उपलब्ध गराउनुपर्ने माग गरेका छन ।  

स्वदेशमै रोजगारी गर्ने वातावरण नभएपछि जवानी र परिश्रम विदेशमा खर्चिएर स्वदेश फर्केका उनीहरुले राज्यले स्वदेशमै स्वःरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । 

बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरेको दुई दिने उद्यमशीलता प्रवद्र्धन तालिमका सहभागिले स्थानीय स्तरमा आयआर्जनमुलक व्यवसाय संचालन गर्न सरकारले पुँजीको उपलब्ध गराउनुपर्ने माग गरेका थिए । 

सहभागी युवाहरुले जति नै विदेशको सपना देखेपनि अन्ततः स्वदेश नै प्यारो हुने हुँदा स्वदेशमै केही गरेर देश र आफ्नो हितमा लाग्ने उनीहरुको भनाई छ । स्वदेशमै केही गर्न नीतिगत समस्या हुनु, राज्यले त्यस्ता उद्यमशील व्यक्तिहरुको पहिचान गर्न नसक्नु, उनीहरु लक्षित अनुदान, योजना र बजेट निर्माण गर्न नसक्नुले विदेश गएका र विदेश जान खोजेको लाखौं युवाहरु चिन्तित बनेको अवस्था रहेको छ । 

स्थानीय सरकारले सीपसंगै पूँजीको व्यवस्था गरी युवाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने माग गरेका थिए ।  तालिमका सहभागीलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवा सुविधाबारे जानकारी प्रदान गरिएको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । अभिमुखिकरणमा उद्यम सञ्चालन गर्दा देखिने चुनौती, जोखिम व्यवस्थापन, बजारको आवश्यकता अनुसार व्यवसाय छनोट तथा सफल उद्यमी बन्न आवश्यक व्यवहारिक सीपका विषयमा रविन्द्रकुमार ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत दीगो रोजगारी सिर्जना गर्न सहयोग पुग्ने रोजगार संयोजक अल्का मिश्रले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीमा जानुपूर्व कुनै पनि सीप सिक्नुपर्ने, जान लागेको देशका विषयमा जानकारी लिइ स्वदेशकै भूमि प्रयोग गरि विदेश उड्नुपर्ने लगायतका वैदेशिक रोजगारी सम्बन्धि सचेतिकरण गराइरहेको बताउनुभयो । 
 

ताजा

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

लोकप्रिय

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

यो पनि

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…