Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डेक्स

डेक्स

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन
ADVERTISEMENT

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित वैदेशिक रोजगारी तथा फर्किएका आप्रवासी श्रमिकहरूको पुनःएकीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले रोजगार संवाद मञ्च संचालन गरिएको छ ।

डुडुवा गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रद्धारा आयोजित कार्यक्रममा स्थानीय श्रम बजारको अवस्था, गाउँपालिकाभित्र रोजगारी सिर्जनाका सम्भावना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन, कृषि तथा पशुपालनमा आधारित आयआर्जनका कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार, र फर्किएका आप्रवासीहरूको पुनःस्थापना तथा आर्थिक सशक्तीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो । 

सहभागीहरूले गाउँपालिकामा उपलब्ध रोजगारीका अवसरहरूको पहिचान, स्थानीय उत्पादन र उद्यमको प्रवद्र्धन, सीपमूलक तालिमलाई बजारको मागसँग जोड्ने, तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यम सञ्चालनका लागि आवश्यक परामर्श, वित्तीय पहुँच र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका थिए । 

रोजगार, उद्यमशीलता र सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न नीतिगत रुपमा परिमार्जन गर्नुपर्नेमा जोड दिइएको थियो । छलफलका क्रममा प्राप्त सुझावहरूलाई आगामी योजना, नीति तथा कार्यक्रम निर्माणमा समावेश गर्ने निर्णय गरिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख अल्का मिश्रले जानकारी दिनुभयो । 

रोजगार संवाद मञ्चले स्थानीय सरकार, निजी क्षेत्र, सरोकारवाला संस्था र समुदायबीच समन्वय तथा सहकार्यलाई सुदृढ गर्दै स्थानीय स्तरमा दिगो रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने शाखा प्रमुख मिश्रले विश्वास व्यक्त गर्नुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…