Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

डेक्स

डेक्स

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र
ADVERTISEMENT

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । 

उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ ।

नगरपालिकाको विपद् शाखाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दोदा र महाकाली नदीसँग जोडिएका वडा बाढी तथा डुबानको उच्च जोखिममा छन् । विशेषगरी वडा नम्बर ५ सबैभन्दा बढी जोखिममा रहेको छ भने वडा नम्बर २, ६, ८ र १० पनि डुबानको जोखिममा रहेका छन् । ती क्षेत्रका करिब एक हजार ५०० भन्दा बढी परिवार सम्भावित डुबानको उच्च जोखिममा रहेका छन् ।

सम्भावित विपद्को सूचना छिटो आदान–प्रदान गर्न समुदायस्तरीय विपद् व्यवस्थापन समिति ९सिडीएमसी०लाई सक्रिय बनाइएको छ । समितिमा आबद्ध व्यक्तिहरूको वाट्सएप समूह गठन गरी बाढी वा अन्य विपद्को सूचना तत्काल प्रवाह तथा उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको पाण्डेयले जानकारी दिनुभयो ।

विपद् सम्पर्क व्यक्ति पाण्डेयका अनुसार नगरपालिकाले सबै वडामा विपद्का बेला आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिसकेको छ । खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एक–एक थान रबर बोट उपलब्ध गराइएको छ । साथै आपत्कालीन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइनुका साथै राहत तथा उद्धार सामग्री भण्डारणका लागि गोदामघरको व्यवस्था गरिएको छ ।

विपद्को सामना गर्न नगरपालिकाले रु ५९ लाखको विपद् कोष स्थापना गरेको छ । उक्त कोषमा जनप्रतिनिधि र कर्मचारीहरूले एक दिनको पारिश्रमिकस्वरूप रु एक लाख ७७ हजार ५५५ योगदान गरेका छन् । कोषको रकम विपद् प्रतिकार्य, राहत वितरण, क्षतिग्रस्त घर पुनर्निर्माण तथा विपद्पछि फैलिन सक्ने महामारी नियन्त्रणमा खर्च गरिने व्यवस्था मिलाइएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन २१ दिने तालिमप्राप्त २९ जना स्वयंसेवक समेत तयारी अवस्थामा राखिएको छ । पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका टोली गठन गरी प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताइएको छ । 

नगरपालिकाभित्र पर्ने नकैया नालामा बाँध निर्माणका साथै अवरुद्ध नाला तथा पानी निकासका संरचनाको सरसफाइलाई तीव्रता दिइएको छ । पाण्डेयका अनुसार होचा स्थानमा बनेका घर र  सडक निर्माणसँगै पानीको प्राकृतिक बहाव अवरुद्ध हुनु तथा अधिकांश क्षेत्रमा व्यवस्थित ढल र नगरपालिकाका सबै क्षेत्रमा ड्रेनेज प्रणालीको व्यवस्था नहुनुका कारण सामान्य वर्षामै समेत डुबानको समस्या देखिने गरेको छ ।

नगरपालिकाले मनसुन अवधिभर सबै सरोकारवाला निकायसँग समन्वय गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने जनाएको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…