Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्ज–दिल्ली  उडानका लागि प्रयास गर्न आग्रह

डेक्स

डेक्स

नेपालगञ्ज–दिल्ली  उडानका लागि प्रयास गर्न आग्रह
ADVERTISEMENT

नेपालगन्ज, १४ असारः यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन् । 

नेपालगन्ज विमानस्थलको अनुगमनमा आउनुभएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली हवाई मार्गबाट जोडिन अपररिहार्य भएको बताएका हुन् ।

नेपालगञ्ज–पोखरा उडान बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित भएको गुनासो गर्दै उनीहरूले  विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्न आग्रह गरेका थिए । 

मुलुकको पर्यटन प्रवद्र्धन गर्न वर्तमान सरकार क्रियाशील रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले नीतिगत सुधारका माध्यमबाट विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योगको विकाका लागि हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले नेपाल पर्यटन बोर्डलाई समयानुकूल पुनर्संरचना गर्न आवश्यक भएको  बताउनुभयो । नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायत पर्यटन उद्यमीले पश्चिम नेपालका पर्यटनका सम्भावना र समस्याबारे मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…