Pairabi logo

असोज २६, २०८३, सोमबार                    

खोज तथा उद्धार तालिम

डेक्स

डेक्स

खोज तथा उद्धार तालिम
ADVERTISEMENT

नेपालगंज २४ जेष्ठ, नेपालगंज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना ९सुपर० को आयोजनामा खोज तथा उद्धार तालिम नेपालगंजमा सम्पन्न भएको छ । 

२ दिने तालिम ४ चरणमा संचालन भएको थियो । उक्त तालिममा आगलागी, बाढी तथा डुबान र भूकम्प पछिको आधारभूत खोज तथा उद्धार विधि, विपद्का शब्दावली, प्राथमिक उपचार, खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामाग्रीको प्रयोग र प्रर्दशन गरी व्यवहारिक अभ्यासको माध्यमबाट सिकाईको थियो । 

तालिमको समापन कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् हुनसाथ सबभन्दा पहिला समुदाय नै उद्धारकर्मी हुने भएकोले नगर भित्र स्वयंसेवक तयार गरि विपद् भएको बेला तत्काल परिचालन गरिने बताउनु भयो । 

नेपालगंज उपमहानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष एवं सुपर परियोजनाका संयोजक समीर प्रताप सिंहको अध्यक्षमा सम्पन्न कार्यक्रममा सहभागिको तर्फबाट मीरा अधिकारीले यो तालिम हाम्रो लागि उपलब्धी मुलक रहेको बताए । 

नेपालगंज उपमहानगरपालिका सबै वडाबाट प्रतिनिधि मुलक ५९ महिला ५८ पुरुष गरी जम्मा ११७ जनालाई तालिम प्रदान गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमको सहयोगमा संचालन भएको थियो ।  

तालिमको सहजकर्ताहरुमा शसस्त्र प्रहरी बल नेपाल नं। ३० गण हेक्वा। बागेश्वरी नेपालगंजका शसस्त्र प्रहरी नायब उपरिक्षक नवीन बुढाथोकी सहितको टिम, नेपालगंज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायतले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संचालन सुपर परियोजनाका कार्यक्रम संयोजक रुपन ज्ञवालीले गर्नु भएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…