Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

डेक्स

डेक्स

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम
ADVERTISEMENT

बर्दिया, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो । 

मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ । 

मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ० तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिसहित २८ जनाको सक्रिय सहभागिता रहेको थियो । 

तालिमको समापन सत्रमा नगर प्रमुख भाटले मानव बेचबिखनका बढ्दो चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समन्वयसहितको पहल, जनचेतनामूलक अभियान तथा स्थानीय संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनमार्फत मानव बेचबिखन नियन्त्रणमा नगरपालिका दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणकालागि सबै क्षेत्रको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको जनाउनुभयो । उहाँले महिला, किशोरी तथा जोखिममा रहेका समुदायलाई चेतना, शिक्षा र जीविकोपार्जनका अवसरमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिँदै नगरपालिकाका नीति तथा कार्यक्रममा संरक्षणसम्बन्धी विषयलाई प्राथमिकता दिने बताउनुभयो ।

त्यसैगरी वडा अध्यक्ष दिलिप गुरुङले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रारम्भिक जोखिम पहिचान तथा रोकथामका लागि वडा तहको समन्वय सुदृढ गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालय, युवा समूह, स्थानीय प्रतिनिधि तथा समुदायबीच सहकार्य बढाएर सुरक्षित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त तालिममा केशव कोइरालाले सहजीकरण गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाकी शोभा शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले सुरक्षा परियोजनाको उद्देश्य तथा समग्र परियोजनाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा फिल्ड सुपरभाइजर सबित्रा भाटले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

बाँके युनेस्को क्लबका अनुसार तालिमबाट वडा तथा समुदायस्तरमा मानव बेचबिखन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने, स्थानीय सरकार, प्रहरी, सीमा सरोकारवाला र गैरसरकारी संस्थाबीच समन्वय सुदृढ गर्ने, एलसीसीएचटी संयन्त्रलाई पुनःसक्रिय र नियमित परिचालन गर्ने, विद्यालय तथा युवाकेन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बेचबिखन घटनाका लागि द्रुत प्रतिकार्य तथा रिपोर्टिङ प्रणाली विकास गर्ने र पीडितमैत्री संरक्षण, सहयोग तथा सन्दर्भ प्रणाली सुनिश्चित गर्ने लगायतका कर्ययोजानाहरु तयार पारिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…