Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जिसस बाँकेको १३औँ जिल्ला सभा

डेक्स

डेक्स

जिसस बाँकेको १३औँ जिल्ला सभा
ADVERTISEMENT

नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा समेत गरिएको थियो । 

कार्यक्रममा जिल्लाभर सञ्चालन भएका विकास आयोजना, बजेट कार्यान्वयन अवस्था, तथा स्थानीय तहहरूसँगको समन्वयबारे विस्तृत छलफल तथा समिक्षा भएको थियो । 

सभामा साविकको जिविस र हालको जिल्ला समन्वय समिति मोजदात कोषको रकम महालेखा नियन्त्रकको कार्यालयले खाता रोक्का गरेको सन्दर्भमा रोक्का गर्नुभन्दा अगाडी जिल्लामा सम्झौता भएका केही योजनाहरुको भुक्तानीमा समस्या भएकाले सम्झौता भएको रकम भुक्तानी गर्न फुकुवाका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने, समन्वय समितिको जिम्मेवारीलाई थप शसक्त बनाउन, स्थानीय शासन कार्यसम्पादन तथा मुल्यांकन प्रर्णालीको अनुगमन प्रतिबेदनमा स्पष्ट भुमिका बनाउन र जिल्लामा क्रसर उद्योगको व्यवस्थापनका सन्दर्भमा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको समन्वय अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो । 

उहाँका अनुसार बाँकेको खजुरा र जानकी गाउँपालिकाको प्रशासनिक भवन निमार्णको कार्य सम्पन्न भएपनि निमार्ण कम्पनीले भुक्तानी नपाउँदा ठुलो समस्या भएको छ । 

कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ मा भएका उपलब्धि, चुनौती र आगामी कार्य योजनाबारे प्रस्तुतीकरण गरेको जिल्ला समन्वय अधिकारी देवकोटाले जानकारी दिनभुयो । 

समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जिल्लाको समग्र विकासका लागि सबै तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाउन जोड दिनुभयो । उहाँले विकास निमार्णको कार्यलाई थप प्रभावकारी बनाई अधुरा रहेका आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । 

सभामा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, जानकी गाउँपालिका अध्यक्ष छब्बन खा, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नरैनापुर गाउपालिका अध्यक्ष इश्त्यिाक अहमद शाह, राप्तीसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषासिंह थारुले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास निमार्ण, कृषि लगायतका क्षेत्रमा भएका प्रगति र देखिएका समस्याहरूबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । 

समन्वय अधिकारी हरिप्रसाद देवकोटाले संचालन गरेको सभामा समितिका उपप्रमुख सिता कार्कीले स्वागत गर्नुभएको थियो । 

सभामा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…