Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

डेक्स

डेक्स

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास
ADVERTISEMENT

नेपालगञ्ज ९ वैशाखः बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । ‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । 

सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले विपद्मा बहुआयामिक विश्लेषण गरेर योजना तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद्लाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विपद्का कतिपय जोखिम नियन्त्रण बाहिर रहेकाले चनाखो हुन आग्रह गर्दै यसका लागि विपदको पूर्वतयारी आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्का विभिन्न क्षेत्रमा उपमहानगरपालिकाले सुपर परियोजनासँग सहकार्य गरेको जानकारी दिँदै नेपालगन्जमा ‘हिट वेभ’ कार्ययोजना प्रभावकारी बनाउन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो “विपद्को विषय तीन तहका सरकारको साझा दायित्व हो ।” 

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगन्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासको आफूहरुले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराउनुभएको थियो ।

आगलागी भएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा तीन दमकल, एउटा फायर ब्रिगेड बाइक रहेको छ । उपमहानगरपालिकाको दमकल शाखाका इन्चार्ज झैनबहादुर खड्काले नेपालगन्जमा विद्युतीय अनियमितताका कारण धेरै आगलागीका घटना भएको जानकारी दिँदै सूचना प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगको बताउनुभयो ।

विपद्का घटनाको अध्ययन र विश्लेषणका आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ र ७ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । पुरानो बस्ती, माटोका घर र साँघुरा बाटोका कारण यहाँ जोखिम बढी देखिएको सुपर परियोजना कार्यसञ्चालन केन्द्रका सूचना अधिकत रुपन ज्ञवालीले जानकारी दिनुभयो । ती दुई वडामा ४०० जनालाई ‘सामुदायिक विपद् स्वयंसेवक’का रूपमा तयार पारिएको र उनीहरूलाई आगलागी नियन्त्रण, भूकम्प तथा डुबानबाट सुरक्षित रहने उपायबारे तालिम दिइएको उहाँको भनाइ छ । 

पश्चिम नेपालको प्रमुख सहरका रूपमा विकसित हुँदै गएको नेपालगन्जमा अव्यवस्थित सहरीकरणले जोखिम झन बढाएको छ । यस जिल्लामा करिब २५ हजार घरपरिवारका ए लाख ५० हजार नागरिक विभिन्न विपद्बाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…