Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

डेक्स

डेक्स

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन
ADVERTISEMENT

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नुभयो । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको उद्घाटन गर्नुभएको थियो ।

शाखाको नेपालगञ्ज ४ सञ्चारग्राम ९बसपार्क० स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो । डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगञ्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो । 

नव बर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना गरिएको सभा हल उद्घाटन एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उहाँले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताउनुभयो । अध्यक्ष चौधरीले आफू मिडियासंग सहकार्य र समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गर्नुभयो । सरकारको नीति विरुद्ध सबै पत्रकार गोलबद्ध हुनुपर्नेमा उहाँको जोड छ ।

शाखा अध्यक्ष गिरीले महासंघको अगुवाईमा डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा चालू आर्थिक बर्षभित्रै सञ्चार नीति निर्माणका लागि काम अघि बढेको बताउनुभयो । सभा हल निर्माणका लागि सहयोग गरेकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै गिरीले निरन्तर सहकार्यका लागि आग्रह समेत गर्नुभयो ।  

त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसैगरी अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शाखा उपाध्यक्ष एवम् भित्तेपात्रो प्रकाशन समितिका संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…