Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

डेक्स

डेक्स

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन
ADVERTISEMENT

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको हो । अनुसन्धानलाई वस्तुनिष्ठ र निष्पक्ष बनाउन टोलीले सघाउ पु¥याउने प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले प्रमाण र तथ्य सङ्कलन गरेर १० दिनसम्मको अवधिमा प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीलाई बुभाmउने छ । 

“एउटा अनुसन्धान अधिकृतले मात्रै नभ्याउने अवस्था हुन सक्छ त्यसैले समूह नै काम गर्दा परिणाममुखी अनुसन्धान हुन सक्छ,” प्रहरी नायब उपरीक्षक पातलीले भन्नुभयो । सो अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षकलगायत हुनुहुन्छ । 

प्रहरीले शनिबार राति नेपालगन्ज नर्सिङ होमपछाडि जलेको अवस्थामा बुढामगरलाई सडकमा फेला पारेको थियो । जलेर गम्भीर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

सिर्जना लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।

ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाट पक्राउ गरिएको हो । यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीमा उल्लेख भएका पाँचमध्ये अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…