Pairabi logo

जेठ १६, २०८३, शनिबार                    

विपद् व्यवस्थापनका लागि बाँकेका सबै स्थानीय तह एकजुट भई कार्य गर्ने सहमती

डेक्स

डेक्स

विपद् व्यवस्थापनका लागि बाँकेका सबै स्थानीय तह एकजुट भई कार्य गर्ने सहमती
ADVERTISEMENT

डुडुवा (बाँके) १५ चैत । बाँके जिल्लामा रणनीतिक रुपमा विपद् व्यवस्थापन गर्न थालिएको छ । जिल्लामा सिजन अनुसारको आउने विपद्लाई व्यवस्थापनका लागि जिल्लास्तरिय रणनीति निमार्णमा जोड दिइएको छ । 

डुडुवा गाउँपालिका बाँकेद्धारा आइतबार डुडुवामा आयोजित स्थानीय तहबीच विपद् व्यवस्थापनमा अन्तरपालिका समन्वय बैठकमा विपद् व्यवस्थापनमा सबै पालिकाहरु एकजुट भई जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि प्रभावकारी कार्य गर्ने सहमती जनाएका छन । 

पालिका प्रमुखले गर्मीमा हुने आगलागी, तातो हावा (लू)को प्रभाव, वर्षामा बाढी र डुबान, चिसोमा शितलहर लगायत विपद् घटनाको पुर्वतयारी तथा जोखिम न्युनीकरणका लागि तयारीका साथ प्रभावकारी कार्य गर्ने बताएका छन । 

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाँकेमा विपद्को जोखिम उच्च भएकाले सबै निकाय एकजुट भएर प्रभावकारी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले ८ वटै पालिकाले विपद् न्युनीकरणका लागि विभिन्न संयन्त्रको विकास गरी साधन स्रोतको व्यवस्थापनमा एक अर्काको सहयोगमा प्रभावकारी कार्य गर्ने बताउनुभयो ।

अध्यक्ष चौधरीले भन्नुभयो,–‘स्थानीय तहविच समन्वय बैठक मात्र गरेर हुन्दैन, बैठकमा प्रभावकारी प्रस्तावमाथी हुने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्दछ, अनि मात्र विपद् व्यवस्थापनको कार्य प्रभावकारी देखिन्छ र जोखिम न्युनीकरणमा सहयोग पुग्ने उहाँले भन्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले विपद् जोखिम न्युनीकरणका लागि शहरी क्षेत्रमा विभिन्न पहलहरु गरिरहेका भन्दै जिल्लास्तरमै विपद् व्यवस्थापनका लागि सबै स्थानीय तहको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । 

कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले अहिले गर्मीको मौसममा आगलागीका घटनाहरु बढी हुने भएकाले जिल्लामा दमकलको व्यवस्थापनमा जोड दिदै अग्नी नियन्त्रणबारे प्रभावकारी संयन्त्र तथा पुर्व तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्री, आठ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विपद फोकल पर्सनलगायतको सहभागिता रहेको थियो । 

बैठकमा सबै पालिकाका विपद फोकल पर्सनहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

बैठकमा भएका निर्णयहरु यस प्रकार रहेका छन । 

१. यस अघि अन्तर स्थानीय तह सञ्जालमार्फत भएका निर्णयहरु कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षात्मक छलफल भयो । 

२. विपद्को वित्तिय जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई बाँके जिल्लास्थित सबै स्थानीय तहहरुको कार्यान्वयन अवस्थाको बारेमा जानकारी प्राप्त भयो । सो सम्वन्धमा थप सहजीकरण गर्न आवश्यकता अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले अन्य स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय तथा सहजिकरण गर्ने । 

३. दमकल सेवालाई थप प्रभावकारी बनाउन अन्तर स्थानीय तहको बहुपक्षिय तथा द्विपक्षिय साझेदारी तथा लगानी अभिबृद्धि तथा सहकार्य गर्ने । 

४. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ (च) बमोजिम वडास्तरिय विपद् पूर्वतयारी तथा प्रतिकार्य समिति गठन गरी सक्रिय बनाउने । 

५. गर्मीको समयमा आगलागी, तातो हावा(लू) तथा डढेलोबाट जनजीवनमा नकारात्मक प्रभाव पर्ने गरेको सन्दर्भमा यस वर्ष पनि बाँकें जिल्ला प्रभावित हुन सक्ने भएकाले विगतको अनुभव समेतको आधारमा जोखिमवाट नागरिकलाई राहत दिलाउन सबै स्थानीय तहले आवश्यकता अनुसार आपसी सहयोग समन्यव तथा सहजीकरण गर्दै आगलागी, तातो हावा(लू) तथा डढेलो वाट प्रत्यक्ष प्रभावित हुने नागरिकलाई लक्षित गरी जिल्ला विपद व्यवस्थापन समितिबाट तर्जुमा भएको आगलागी, तातो हावा(लू) तथा डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ लाई कार्यान्वयन गर्ने । 

६. नेपालगञ्ज उपमहानगरपालिकाबाट आ.व. २०८२।०८३ मा बैकुण्ठधामको डि.पि.आर. तयारी कार्यका लागि रु १० लाख विनियोजन भएकोमा श्री बैकुण्ठधाम सिधनियाघाट कार्य समितिबाट जग्गाधनी प्रमाण पुर्जा, निवेदनका आधारमा डि.पि.आर निर्माण स्थल डुडुवा गा.पा. – ५ मा पर्ने हुँदा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २६ को (छ), (ड) र (ढ) बमोजिम गाँउपालिका तथा नगरपालिकाले आफ्नो कार्यसंचालन गर्दा लागत न्यूनिकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहका लागि अन्य गाँउपालिका वा नगरपालिकासँग साझेदारी सम्झौता वा संयुक्त व्यवस्थापन कार्य गर्न सक्ने व्यवस्था भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले सो कार्य कार्यान्वयन गर्ने गरी डुडुवा गाँउपालिकाले सो कार्यमा सहमति जनाउदै आवश्यक समन्वय गर्ने । 

७. स्थानीय तहविच शुरु भएको अन्तर स्थानीय तह समन्वय सहकार्य सञ्जालको अभ्यासको निरन्तरता दिदै आगामी बैठक बर्णानूक्रम अनुसार नरैनापुर गाँउपालिकाले आयोजना गर्ने । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ ।


 

ताजा

सबै

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

लोकप्रिय

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…