Pairabi logo

असोज २५, २०८३, आइतबार                    

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

डेक्स

डेक्स

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया
ADVERTISEMENT

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पालनामा अझ संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

राष्ट्रिय समाचार समिति ९रासस० को ६५औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगन्ज कार्यालयले मंगलवार आयोजना गरेको ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले निर्वाचन प्रक्रियाको विश्वसनीयता जोगाउन सञ्चारक्षेत्रको भूमिका निर्णायक हुने बताएका हुन् । 

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले निर्वाचन आचारसंहिता उम्मेदवारदेखि मतदातासम्म सबैले पालना गर्नुपर्ने दायित्व भएको उल्लेख गर्दै सञ्चारमाध्यमले झनै सचेत र सन्तुलित भूमिका खेल्नुपर्ने बताउनुभयो।

‘बाँकेमा हालसम्म सञ्चारमाध्यमलगायत सबै पक्षबाट आचारसंहिता पालनाको अवस्था सन्तोषजनक छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यही जिम्मेवारीबोध कायम रहने अपेक्षा छ ।’ गुरुङले राससले वार्षिकोत्सवका अवसरमा निर्वाचन आचारसंहिताजस्तो संवेदनशील विषयमा संवादको वातावरण सिर्जना गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले निर्वाचन आचारसंहिता पालनामा सञ्चारकर्मी र सञ्चारसंस्था दुवै उत्तिकै उत्तरदायी हुनुपर्ने बताउनुभयो । महासंघले निर्वाचन अवधिभर पत्रकारहरूलाई आवश्यक निर्देशन र मार्गदर्शन दिँदै आएको जानकारी उहाँले दिनुभयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन आचारसंहिता लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मिडियाले कुनै दल वा स्वार्थसमूहको प्रभावमा नपरी निष्पक्ष सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो। ‘कसैले गल्ती गर्दा प्रश्न उठाउने पत्रकार स्वयं आचारसंहिताप्रति संवेदनशील हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा मिडियालाई प्रयोग गरेर समाजलाई दिग्भ्रमित गर्ने प्रयास स्वीकार्य हुन सक्दैन ।’ 

नेपालगन्जका नागरिक अगुवा प्रकाश उपाध्यायले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन आचारसंहिता अनिवार्य तत्व भएको उल्लेख गर्दै सञ्चारमाध्यमले सत्य, सन्तुलित र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता गरिरहेका रासस नेपालगन्ज कार्यालय प्रमुख युवराज पाण्डेले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्थापना दिवसको सन्दर्भ पारेर सो विषयमा संवाद कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । 

अन्तरक्रियामा सहभागीहरूले निर्वाचन अवधिमा तथ्यहीन प्रचार, पक्षपातपूर्ण सामग्री र दिग्भ्रमित गर्ने सूचना रोक्न सञ्चारमाध्यम स्वयंले आत्मनियमनको अभ्यास बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

रासस संवाददाता भेषराज बस्नेतले सहजीकरण गरेको अन्तरसंवादका सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै संवाददाता तथा अवधी समाचार सम्पादक राकेश कुमार मिश्रले राससका उपलब्धी र योगदानबारे चर्चा गर्नुभयो । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…