Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रहरी नागरिकप्रति उत्तरदायी हुनपर्छः  महानिरीक्षक कार्की

डेक्स

डेक्स

प्रहरी नागरिकप्रति उत्तरदायी हुनपर्छः  महानिरीक्षक कार्की
ADVERTISEMENT


कपिलवस्तु — नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्न निर्देशन दिनुभएको छ।
कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै  महानिरीक्षक कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट गर्नुभयो।
उहाँले सेवा केन्द्रका लागि निर्माण गरिएको सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरी कर्मचारीलाई सेवा विस्तारमा सहजता र थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। “जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीका लागि यस्ता संरचनाले कार्यसम्पादन अझ प्रभावकारी बनाउनेछ,” उहाँको भनाइ थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई मुलुकका संवेदनशील र भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै महानिरीक्षक कार्कीले उनीहरूको सुरक्षा र सेवाका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो। स्थानीय नागरिकलाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएकोप्रति उहाँले सम्बन्धित सबैलाई धन्यवादसमेत दिनुभयो।
युएनओपिएसको सहयोगमा निर्माण भएको भवनको संरक्षण र सदुपयोग स्थानीय समुदायको पनि दायित्व भएको उहाँले जोड दिनुभयो। संवेदनशील तथा जोखिममा रहेका समूहलाई सेवा दिन यो केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रविधिमैत्री संरचनासँगै प्रहरी कर्मचारीहरू पनि समयअनुकूल परिवर्तन हुन जरुरी रहेको बताउनुभयो।
हिंसा पीडितहरूका लागि आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यो भवनले सेवा प्रदायक र सेवाग्राही दुवैलाई लाभ पुग्ने उहाँको भनाइ थियो। राज्यले दिने सेवा र नागरिकको पहुँच समान हुनुपर्ने उल्लेख गर्दै महानिरीक्षक कार्कीले प्रहरीलाई अझ नागरिकमैत्री हुन सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

“मानिसको बोलीमा नै रस पनि हुन्छ, विष पनि हुन्छ,” भन्दै उहाँले पीडितप्रति समानता, संवेदनशीलता र न्यायपूर्ण दृष्टिकोण अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल प्रहरीको आदर्श वाक्य ८‘सत्य, सेवा, सुरक्षा’८लाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरी सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कपिलवस्तुजस्तो क्षेत्रमा यस्ता आधुनिक भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको उहाँको भनाइ थियो।
युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले यस्ता संरचनाले नेपालमा शान्ति सुरक्षा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। भवन राष्ट्रिय निर्माण मापदण्डअनुसार र स्थानीय सरकारको स्वीकृतिमा निर्माण गरिएको जानकारी उहाँले दिनुभयो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आधुनिक भवनबाट सेवा दिन पाउनु प्रहरीका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्दै मानवता र पीडितमैत्री समाज निर्माणमा यस्ता केन्द्रहरू उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।
उक्त भवन १२ महिनामा निर्माण सम्पन्न भएको हो। रु २ करोड ३६ लाख ६४ हजार ७ सय १ लागतमा निर्माण गरिएको १२ कोठे भवनबाट अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित सेवा थप प्रभावकारी रूपमा प्रदान गरिनेछ । आज नै बाँकेको कोहलपुरमा पनि प्रहरी महानिरीक्षक कार्किले प्रहरी कार्यालयको उद्धाटन गर्ने कार्यक्रम रहेको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…