Pairabi logo

असोज २६, २०८३, सोमबार                    

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

डेक्स

डेक्स

शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग
ADVERTISEMENT

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्थानीय बासिन्दाले पक्की तटबन्धको माग गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँगको भेटमा मंगलबार डुडुवा गाउँपालिका वडा नम्बर १ कृषि चौफेरी र बोर्डर चौफेरीका स्थानीयले हरेक वर्ष बाढीबाट खेतीयोग्य जमिन कटान, पटान र डुबान हुदै आएको गुनासो गरे । 

भारतले केही वर्षअघि राप्ती नदीमा दुबैतर्फ पक्की तटबन्ध निर्माण गरिदिने भनि गरेको प्रतिवद्धता अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जसले गर्दा हरेक वर्ष राप्ती नदी आसपासका बाँकेका नागरिकहरु प्रभावित हुदै आएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता भेटघाटका क्रममा डुडुवा पुगेका उम्मेदवार कोइरालासँग त्यहाँका स्थानीयले आफुहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गरेका हुन् । 

‘भारत सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन तपाईको भुमिका मात्र सार्थक हुनेछ, किनकी तपाई कोईराला परिवारभित्र राजनीतिमा उदाउँदै गरेको युवा पुस्ता भएको नाताले भारतीय पक्षले अवश्य पनि तपाईको पहल कदमीलाई सकारात्मक रुपमा लिनेछ,’ उपस्थित स्थानीयले भने ।

बाँके क्षेत्र नम्बर २ मा कांग्रेसले शुधान्सु कोइरालालाई यसपटक उम्मेदवार बनाउँदा आफुहरु निकै खुसी भएको भन्दै चौफेरीका स्थानीयले जितका लागि अग्रिम शुभकामना तथा बधाई दिएका थिए । 

सो क्रममा उम्मेदवार कोइरालाले आफु सांसदमा निर्वाचित भएपछि भारतीय पक्षसमक्ष कुरा राखेर सम्झौता कार्यान्वयन गराउने र सधैंका लागि राप्तीको कटान समस्या अन्त्य गराउने प्रतिवद्धता जनाएका थिए ।

यस्तै डुडुवा गाउँपालिका अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नरेन्द्रकुमार चौधरीले राप्ती नदीमा पक्की तटबन्ध निर्माणका लागि भारतसँग भएको सम्झौता कार्यान्वयन कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मात्र गराउनका सक्ने बताए । 

स्थानीय सरकारले आफ्नो वार्षिक बजेटबाट सडक, बाटो, नाला, कल्भर्ट लगायत पुर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत क्षेत्रमा काम गरेपनि राप्ती नदीको कटान रोक्नका लागि संघिय सरकारको बजेट वा बाह्य देशको सहयोगबाट मात्र सम्भव भएको बताए ।

कांग्रेस उम्मेदवार कोइराला सहितको टोली भेटघाटका लागि डुडुवाका अन्य वडाहरुमा पुग्दा पनि स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…