Pairabi logo

असोज २५, २०८३, आइतबार                    

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

डेक्स

डेक्स

आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया
ADVERTISEMENT

नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा गरिएको ‘आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई सुरुमा सचेत गराउने तर सुधार नभए निर्मम बन्नुको विकल्प नहुने बताउनुभयो । अहिले निर्वाचनको माहोलमा पत्रकार अझ मर्यादित र जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

पत्रकारले गल्ती सच्याउने तत्परता देखाउनुपर्ने भन्दै उहाँले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ख्याल गर्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । पत्रकारले सामाजिक संजालमा व्यक्त गर्ने विचार पनि अनुगमनको दायरामा आउने भन्दै उहाँले प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको स्पष्ट पार्नुभयो । 

अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक बनाउने, परिमार्जन गर्ने कोशिसमा लागेको जानकारी गराउँदै अनलाइन सञ्चार माध्यमको बर्गीकरणका लागि पनि प्रयास भइरहेको उल्लेख गर्नुभयो ।  ५० वर्ष बढी पत्रकारिता गरेका पत्रकारलाई सम्मान गर्ने निर्णय काउन्सिलले गरेको बताउँदै उहाँले आस्थाको आधारमा नभई योग्यताको आधारमा पुरस्कार प्रदान गर्ने प्रणाली स्थापित गरिने पनि स्पष्ट पार्नुभयो ।

प्रादेशिक संरचना विस्तार गर्न काउन्सिल परामर्शमै रहेको बताउँदै उहाँले यसमा आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले काउन्सिलको पछिल्लो गतिविधिसंगै अनुगमनको पाटोबारे जानकारी गराउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले गम्भीरतापूर्वक आचारसंहिताको पालना गर्नुपर्नेमा जाड दिनुभयो । शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो । 

उहाँले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा, सुझाव र पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…