Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

डेक्स

डेक्स

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह
ADVERTISEMENT

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक बाँकेका तीन निर्वाचन क्षेत्रमा सम्पन्न भएको छ । 
बाँकेको निर्वाचन क्षेत्र नं २ मा आज यहाँ भएको निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठकसँगै बाँकेका तीन निर्वाचन क्षेत्रमा सो कार्यक्रम सम्पन्न भएको हो । यस अघि जिल्लाको क्षेत्र नं १ र क्षेत्र नं ३ मा निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक सम्पन्न भएको र निर्वाचन आचार संहितालाई अक्षरस पालना गर्न दल र उम्मेदवार सहमत भएको जिल्ला निर्वाचन कार्यालय,बाँकेले जनाएको छ । 
आज यहाँ आयोजना भएको सर्वदलीय बैठकमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले निर्वाचन आचारसंहिताले सबैलाई बाधेको उल्लेख गर्दै निर्वाचनलाई निष्पक्ष, विश्वशनीय र पारदर्शी बनाउन आचारसंहिता पालन गर्न आग्रह गर्नुभयो । 
उहाँले निर्वाचन आयोगले ऐनले दिएको अधिकार प्रत्योजन गरेर बनाएको आचारसंहिताले कानूनी हैसियत राख्ने जानकारी दिदै निर्वाचन आचारसंहितामा उल्लेख भएको धेरै कुरा निर्वाचन कसुर र सजाय ऐनमा पनि राखिएको बताउनुभयो । 
“एउटा ऐन बमोजिमको कसुर हुने भो अर्को आचारसंहिता उल्लंघनको पनि हुने भयो” मुख्य निर्वाचन अधिकृत दाहालले भन्नुभयो । 
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचन आचारसंहिता पालना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि भएको उल्लेख गर्नुभयो । 
उहाँले जिल्लामा निर्वाचनको लागि आचारसंहिता पालना भएको ना नभएको हेर्नका लागि आयोगले छुट्ठै सयन्त्र बनाएको जानकारी दिदै दुई जना अनुगमन अधिकृत तोकिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत दाहाल संयोजक हुने अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारीलाई सहसंयोजकका रुपमा राखिएको छ । 
“जिल्लामा आचारसंहिता उल्लंघन भएका घटना आए दुई जना अनुगमन अधिकृतलाई सूचना दिन सक्न्छि” प्रजिअ तामाङले भन्नुभयो । 
उहाँले भारतीय सवारी साधन प्रयोगलाई निषेध गरिएको उल्लेख गर्दै आचारसंहिता पालना नभए दण्ड र सजायको प्रावधान रहेको बताउनुभयो । 
सो बैडकमा नेपाली काङग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमोर्चा, राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतका प्रतिनिधि सहभागि हुनुहुन्थ्यो । 
सहभागिले निर्वाचन आयोगका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…