Pairabi logo

माघ ०९, २०८२, बिहीबार                    

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

डेक्स

डेक्स

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । भुकम्प तथा आगलागी घटना नियन्त्रणबारे सामुदायिक सचेतना अभिबृद्धिका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा कृत्रिम घटना अभ्यास गरिएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

विपद् जोखिमको पुर्व तयारी, समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचार लगायतका बारेमा सचेतना अभिबृद्धि अन्र्तगत कृति घटना अभ्यास गरिएको स्थनीय आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार भूकम्पको घटना सिर्जना गरेर घटनाबाट बच्ने उपाय, खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन समितिको बैठक तथा निर्णयलगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको हो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विपद्का घटना जुनसुकै समयमा आउने भएकाले उक्त घटनाको पुर्ब तयारीबारे जानकारी आवश्यक भएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले विपद् व्यवस्थापन बारे कार्य गर्दै आएको भन्दै मेयर विष्टले नेपालगन्जमा विपद्को जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले समुदायमा विपद् सम्वन्धी पुर्वतयारी समुदायस्तरमा अझै थाहा नभएकाले यो कृतिम अभ्यास निकै महत्वपुर्ण भएको भन्दै समुदायका नागरिकलाई यस्ता अभ्यास गराउन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप शाह लगायतको उपस्थिती रहेको थियो ।  

कृत्रिम घटना अभ्यासमा खोज, उद्दार, राहत र पुनःस्थापनाका चरणहरुलाई सिलसिलाबद्ध रुपमा देखाइएको थियो ।
 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …