Pairabi logo

माघ ०४, २०८२, शनिबार                    

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

डेक्स

डेक्स

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
ADVERTISEMENT

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । हालसम्म भवनको ८८ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । समयमै काम सक्न निर्माण व्यवसायीलाई निरन्तर ताकेता र अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रशासनिक भवनको अधिकांश संरचनात्मक निर्माणको काम सकिएर अब विवरणात्मक काम मात्र बाँकी छन् । विद्युत्, वाइरिङ, पानी निकासजस्ता प्राविधिक संरचना जडानको काम भइरहेको छ ।

रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले यो भवन निर्माण गरिरहेको छ । गाउँपालिका अध्यक्ष डम्बर विकले नयाँ भवन सञ्चालनमा आएपछि नागरिकले सबै सेवा सहज रूपमा प्राप्त गर्ने बताउनुभयो ।

“यो भवन प्रशासनिक आवश्यकता मात्र नभई नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार पनि हो”, अध्यक्ष विकले भन्नुभयो, “हाल साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको गाउँपालिका नयाँ भवन सरेपछि पुरानो संरचना लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ ।”

समयमै काम सम्पन्न गर्नको लागि नियमित अनुगमन र निर्माण व्यवसायीसँग समन्वय गरिरहेको गाउँपालिकाका अध्यक्ष विकको भनाइ छ । प्रशासनिक भवन नहुँदा खजुरा गाउँपालिकाले अलग–अलग स्थानमा विषयगत शाखा सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाको केन्द्र बी गाउँमा करिव चार बिगाह बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…