Pairabi logo

असोज २६, २०८३, सोमबार                    

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

डेक्स

डेक्स

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
ADVERTISEMENT

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । हालसम्म भवनको ८८ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । समयमै काम सक्न निर्माण व्यवसायीलाई निरन्तर ताकेता र अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रशासनिक भवनको अधिकांश संरचनात्मक निर्माणको काम सकिएर अब विवरणात्मक काम मात्र बाँकी छन् । विद्युत्, वाइरिङ, पानी निकासजस्ता प्राविधिक संरचना जडानको काम भइरहेको छ ।

रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले यो भवन निर्माण गरिरहेको छ । गाउँपालिका अध्यक्ष डम्बर विकले नयाँ भवन सञ्चालनमा आएपछि नागरिकले सबै सेवा सहज रूपमा प्राप्त गर्ने बताउनुभयो ।

“यो भवन प्रशासनिक आवश्यकता मात्र नभई नागरिकसँगको प्रत्यक्ष सम्बन्धको आधार पनि हो”, अध्यक्ष विकले भन्नुभयो, “हाल साबिकको बागेश्वरी गाविसको पुरानो भवनबाट सेवा दिँदै आएको गाउँपालिका नयाँ भवन सरेपछि पुरानो संरचना लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ ।”

समयमै काम सम्पन्न गर्नको लागि नियमित अनुगमन र निर्माण व्यवसायीसँग समन्वय गरिरहेको गाउँपालिकाका अध्यक्ष विकको भनाइ छ । प्रशासनिक भवन नहुँदा खजुरा गाउँपालिकाले अलग–अलग स्थानमा विषयगत शाखा सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाको केन्द्र बी गाउँमा करिव चार बिगाह बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…