Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

डेक्स

डेक्स

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।

बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । 

क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्नु रहेको थियो ।

सो रणनीतिले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विश्वव्यापी तापवृद्धिका असर न्यूनीकरण गर्ने दिगो पहलहरूलाई पनि प्राथमिकतामा राखेको जनाईएको छ । 

कार्यशालामा कार्यसमिति सदस्य तथा परियोजना कर्मचारी गरी ३५ जनाको सहभागीता रहेको थियो । क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार पाँच दिनसम्म सहभागीहरूले संस्थागत अवस्था विश्लेषण, विद्यमान चुनौती पहिचान, रणनीतिक प्राथमिकता निर्धारण तथा आगामी पाँच वर्षका स्पष्ट कार्यदिशा तय गर्न गहन छलफल, समूहकार्य र मन्थन गरेका थिए ।

सहभागीहरूको उत्साहपूर्ण र सक्रिय सहभागिताले कार्यशालालाई सफल बनाएको क्लबले जनाएको छ । कार्यशालाबाट संस्थाको दृष्टि, लक्ष्य, रणनीतिक उद्देश्य र प्रमुख परिणाम क्षेत्रहरू समेटिएको बलियो, व्यवहारिक र भविष्यदृष्टि युक्त पाँच वर्षे रणनीतिक योजना मस्यौदा तयार भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो । 

कार्यशालाको सहजीकरण बिनय दिल लामाले गर्नु भएको थियो । उहाँले संरचित, अन्तरक्रियात्मक र समग्र ढंगले सत्रहरू सञ्चालन गर्दै सहभागीहरूलाई गहिरो चिन्तन, प्रभावकारी योगदान र साझा दृष्टि निर्माणमा सहयोग पुरयाउनु भएको थियो । 

बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा भएको कार्यशालाको समापन सत्रमा विशेष अतिथिका रूपमा क्लबका अध्यक्ष सिद्दीकी तथा कार्यकारी निर्देशक तुलाधर रहनुभएको थियो । अन्य अतिथिहरूमा सहजकर्ताहरु बिनय दिल लामा र विवेक नेपाल रहनुभएको थियो । 

सहभागीहरूको तर्फबाट बोल्दै भगवती बि।के।ले कार्यशालालाई अत्यन्तै फलदायी र रणनीतिक योजना सम्बन्धी गहिरो ज्ञान हासिल गर्ने अवसरका रूपमा रहेको बताउनुभयो ।  

सोही प्रकारको क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकीले रणनीतिक योजनाले प्रभावकारी सेवा प्रवाह र समग्र सामाजिक विकासका लागि स्पष्ट रोडम्याप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …