Pairabi logo

माघ १३, २०८२, सोमबार                    

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

डेक्स

डेक्स

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
ADVERTISEMENT

(डुडुवा) बाँके ८ असोज । डुडुवा गाउँपालिकामा विरोधीको समुहले लगाएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पुर्ण सेवा ठप्प भएको छ । 

कार्यालयमा तालाबन्दी गरिएको करिब दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम काज ठप्प भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्धारा मुचुल्का तयार गरि काम काज गर्ने वातावरण बनाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र सहयोगी शिवकुमार मौर्य सदस्य रहनुभएको छ । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको र गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा ठप्प भएको बताउनुभयो । 

अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखी आफुहरु नेपालगन्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो । 

पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको र आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समुहले पालिकालाई बदनाम गर्ने गरि अतिरञ्जित कार्य गरेको उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो,–‘कानून विपरित पालिकामा पसेर खानतलासी गर्ने अनि ताला पनि लगाउने उहाँहरुलाई कुन कानुनले दिएको छ, यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडा रुपमा आन्दोलन गर्ने उहाँले भन्नुभयो । केही विरोधीले गरेको विरोध पालिकाका जनताले कहिल्यै पनि सहन नसक्ने भन्दै अध्यक्ष चौधरीले पालिकाका सम्पुर्ण जनता आन्दोलनमा आउने चेतवानी दिनुभयो । 

गत भदौं २५ गते राती करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अपरिचित समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै दोस्रो दिन अर्को समुह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत–जावत गरी नगर प्रहरीलाई धम्की दिएको थियो । 

त्यसको भोलीपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पुर्वमन्त्रीद्धय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०/३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको पालिकाद्धारा आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …