Pairabi logo

माघ १३, २०८२, सोमबार                    

डुडुवामा आन्दोलनको नाममा विपक्षीद्धारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज

डेक्स

डेक्स

डुडुवामा आन्दोलनको नाममा विपक्षीद्धारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज
ADVERTISEMENT

डुडुवा (बाँके) ३ असोज । जेनजीले गरेको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले बाँके डुडुवा गाउँपालिकाको कामकाजमा असहज स्थिति सिर्जना भएको छ । उत्पन्न असहज परिस्थितीका कारण अहिले कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएको छ । 

पालिकाका जनप्रतिनिधीहरुले आज शुक्रबार सयुक्त विज्ञप्ति जारी गर्दै जेनजीको नाममा केही उच्छृंखल समूह पालिकाभित्र प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयमाथि कुटपिट र दुव्र्यवहारको घटनाप्रति गम्भिर आपत्ती जनाएको छ । 

भदौ २५ गते राती करिब साढे ८ बजेको समयमा ८–१० जनाको समूह कार्यालयमा तोडफोड गरी कार्यालयको कागजात आगजनी गरेको विज्ञप्तिमा भनिएको छ । ‘२६ गते फेरी अर्को समूह कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयमाथी कुटपिट तथा दुव्र्यवहार भएको छ । दुखद यो घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख छ । 

पुर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य भण्डारीलाल यादव र पुर्व प्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०–३२ जनाको समुहले कार्यालयमा प्रवेश गरि कुटपिट गरेको पालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ । 

उक्त समुहले जर्बजस्ती कार्यालयको भान्सा कोठामा पसी बोरीभित्र मदिराका बोतल बाहिर ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल बनाएकोप्रति समेत पालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ–‘पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको घटना दुःखद रहेको छ । आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समुहले पालिकालाई बदनाम गर्ने गरि अतिरञ्जित कार्य गरेको हो ।’ 

पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्यलगायत कार्यपालिका सदस्यद्धारा सयुंक्त रुपमा जारी विज्ञप्तीमा उहाँहरुले कुन हैसियत र कानुनले जबरजस्ती कार्यालयमा ताला खोलेरे अनावश्यक रुपमा बदनाम गर्ने नियतका साथ गरेको भ्रामक प्रचारबाजीको कार्य खेदजनक रहेको उल्लेख छ । 

समुहले कार्यालयमा ताला लगाएकोले अहिले हानी नोक्सानी बारे एकिन जानकारी नभएको अवस्था रहेको छ । स्थानीय प्रशासनसंग जनप्रतिनिधी र कर्मचारीको सुरक्षाको माग गर्दै हालसम्म कार्यालयको सम्पुर्ण सेवा अवरुद्ध रहेको अवस्थालाई तत्काल सहज रुपमा सुचारु गर्ने वाताबरण बनाउन पालिकाले सबै सरोकारवाला निकायलाई अपिल गरेको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …