Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

डेक्स

डेक्स

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै
ADVERTISEMENT

नेपालगन्ज, ३० भदौ : बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ । 

खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा ल्यापटपलगायत सामग्री फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । “केही साना सामान प्रहरी कार्यालयमा पनि बुझाएका छन्, केही हामी आफैँ खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गर्दै जेनजी आन्दालनका क्रममा सवारीसाधन, दस्तावेज वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको वा कतै फेला पारेको थाहा भए प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै मुद्दा फाँटसँग सम्बन्धित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । प्रशासन कार्यालयले भौतिक जिन्सीलगायत समस्त व्यवस्थापकीय सामग्री नष्ट भएकाले अन्य सेवा क्रमशः सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट र चोरी गरेर लगेका मेसिनरी औजारलगायत जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ । 

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले सूचना जारी गर्दै त्यस्तो गतिविधिमा संलग्न रहेकाको भिडियो, फुटेज र फोटा कार्यालय र अनुसन्धान गर्ने निकायमा आउन लागेको बताउनुभयो । उहाँले लुटपाट गरिएका कतिपय सामग्री बजारमा बेचबिखन भएको समेत सूचना आउन थालेको जानकारी दिँदै लुटपाट भएका सामग्रीको खरिद–बिक्री नगर्न र नगराउन अुनरोध गर्नुभयो । उपमहानगरपालिकासहित मातहतका वडा कार्यालयमा पनि आगजनी ह्ुनाका साथसाथै लुटपाट भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

    जमुनाह सीमा नाका सञ्चालनमा 

नेपाल भारत जमुनाह, रुपैडिया सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अहिले सीमा क्षेत्रमा आवतजावत गर्न कुनै समस्या नभएको औँल्याउँदै भारतबाट दसँैमनाउन आउने नेपाली निर्बाध आइरहेको बताउनुभयो । 

प्रहरी निरीक्षक बुढाथोकीले भारतबाट आउने नेपालीलाई किनमेल गरेर आउन राजस्व काउन्टर नभएकाले केही अप्ठेरो भएको उल्लेख गर्दै भन्सारले त्यसका लागि काम गरिरहेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा सीमा क्षेत्रमा रहेका भन्सार काउन्टरमा आगजनी भएकाले त्यहाँ रहेका कम्प्युटरलगायत सामग्री जलेका थिए ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…