Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

डेक्स

डेक्स

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै
ADVERTISEMENT

नेपालगन्ज, ३० भदौ : बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ । 

खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा ल्यापटपलगायत सामग्री फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । “केही साना सामान प्रहरी कार्यालयमा पनि बुझाएका छन्, केही हामी आफैँ खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गर्दै जेनजी आन्दालनका क्रममा सवारीसाधन, दस्तावेज वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको वा कतै फेला पारेको थाहा भए प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै मुद्दा फाँटसँग सम्बन्धित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । प्रशासन कार्यालयले भौतिक जिन्सीलगायत समस्त व्यवस्थापकीय सामग्री नष्ट भएकाले अन्य सेवा क्रमशः सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट र चोरी गरेर लगेका मेसिनरी औजारलगायत जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ । 

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले सूचना जारी गर्दै त्यस्तो गतिविधिमा संलग्न रहेकाको भिडियो, फुटेज र फोटा कार्यालय र अनुसन्धान गर्ने निकायमा आउन लागेको बताउनुभयो । उहाँले लुटपाट गरिएका कतिपय सामग्री बजारमा बेचबिखन भएको समेत सूचना आउन थालेको जानकारी दिँदै लुटपाट भएका सामग्रीको खरिद–बिक्री नगर्न र नगराउन अुनरोध गर्नुभयो । उपमहानगरपालिकासहित मातहतका वडा कार्यालयमा पनि आगजनी ह्ुनाका साथसाथै लुटपाट भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

    जमुनाह सीमा नाका सञ्चालनमा 

नेपाल भारत जमुनाह, रुपैडिया सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अहिले सीमा क्षेत्रमा आवतजावत गर्न कुनै समस्या नभएको औँल्याउँदै भारतबाट दसँैमनाउन आउने नेपाली निर्बाध आइरहेको बताउनुभयो । 

प्रहरी निरीक्षक बुढाथोकीले भारतबाट आउने नेपालीलाई किनमेल गरेर आउन राजस्व काउन्टर नभएकाले केही अप्ठेरो भएको उल्लेख गर्दै भन्सारले त्यसका लागि काम गरिरहेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा सीमा क्षेत्रमा रहेका भन्सार काउन्टरमा आगजनी भएकाले त्यहाँ रहेका कम्प्युटरलगायत सामग्री जलेका थिए ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …