Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

डेक्स

डेक्स

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज । बाँके युनेस्को क्लबको ११ औ अधिवेशनले संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँखान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनुभएको छ ।

यसअघि, क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किराँतले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले क्लबले बाँके र बर्दियाका पालिकाहरुमा शिक्षा, स्वास्थ्य तथा मानवबेचविखनबिरुद्ध र विपद व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।

सो अवसरमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव नमस्कार शाहले बाँके युनेस्को क्लब पश्चिम नेपालकै एक अनमोल गहना भएको जनाउँदै क्लबले गरेका कामहरु अतिनै सराहनीय रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बासका अध्यक्ष शिवकुमार वर्मा, बाँसगढी युवा क्लब सञ्जालका अध्यक्ष एकनारायण अधिकारी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमाक्लबका सहायक कार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो भने वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा ईश्वर विक, गोविन्द लामिछाने र अनु चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिद्दिकीले सबैलाई समेटेर संस्थाको हितका लागि कामगर्ने प्रतिवद्धता व्यक्तगर्दै सबैको सहयोग प्राप्तहुने आशा र विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा युनेस्को आयोगका सदस्य तबस्सुम अन्सारी, लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक गवर्नर सेम शाक्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक लगायत क्लबका सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…