Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित

डेक्स

डेक्स

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी निर्विरोध निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज । बाँके युनेस्को क्लबको ११ औ अधिवेशनले संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँखान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनुभएको छ ।

यसअघि, क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किराँतले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले क्लबले बाँके र बर्दियाका पालिकाहरुमा शिक्षा, स्वास्थ्य तथा मानवबेचविखनबिरुद्ध र विपद व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।

सो अवसरमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव नमस्कार शाहले बाँके युनेस्को क्लब पश्चिम नेपालकै एक अनमोल गहना भएको जनाउँदै क्लबले गरेका कामहरु अतिनै सराहनीय रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बासका अध्यक्ष शिवकुमार वर्मा, बाँसगढी युवा क्लब सञ्जालका अध्यक्ष एकनारायण अधिकारी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमाक्लबका सहायक कार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो भने वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा ईश्वर विक, गोविन्द लामिछाने र अनु चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिद्दिकीले सबैलाई समेटेर संस्थाको हितका लागि कामगर्ने प्रतिवद्धता व्यक्तगर्दै सबैको सहयोग प्राप्तहुने आशा र विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा युनेस्को आयोगका सदस्य तबस्सुम अन्सारी, लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक गवर्नर सेम शाक्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक लगायत क्लबका सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…