Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

डेक्स

डेक्स

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य
ADVERTISEMENT

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने स्पष्ट पार्नुभएको छ । विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमसञ्चार विधेयक पनि नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको स्मरण गर्नुभयो । उहाँले पत्रकार महासंघको शुद्धिकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यसपटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य शर्त रहेको बताउनुभयो । उहाँले संघियताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गर्नुभयो । पोख्रेलले नवलोकप्रियताबादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने भन्दै अहिले देखिएको सिनारियो पनि त्यसकै अंश रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने बताउनुभयो । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उहाँले यसपटक कार्यविधि बनाएर पारदर्शी ढंगले काम गर्ने पर्यत्न भइरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ल लगायतले महासंघ र प्रेस काउन्सिलसंग सम्बन्धित विषयमा सुझाबसंगै जिज्ञासा राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष गिरीले कार्यबहाक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने बाँके शाखाले प्रकाशित गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरिएको थियो ।

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…