Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्ज वडा नम्बर १८ मा काँग्रेसको पार्टी वडा कार्यालय भवन बन्दै

डेक्स

डेक्स

नेपालगञ्ज वडा नम्बर १८ मा काँग्रेसको पार्टी वडा कार्यालय भवन बन्दै
ADVERTISEMENT

नेपालगञ्ज ३ साउन । नेपालगञ्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण भईरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो । 

‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि रु। ६० लाख खर्च हुनेछ । प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब रु। २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिनुभयो । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहनेछ ।

भवन निर्माणका लागि पार्टीका क्रियाशील सदस्य सोही वडा निवासी रामकुमार बर्माले झण्डै रु। ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् । उपसभापति सुवेदीका अनुसार भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।

निर्माण समितिमा उपसभापति सुवेदी समेत रहेका छन् । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वतःस्फूर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् । 

सुवेदीका अनुसार भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ्ग(गिट्टी, मख्खन धामीले रु। ५० हजार, डा। राजेश केशर खनालले रु। ११ हजार, नवराज शाहले रु। २५ हजार र नयाँराम पौडेलले रु। ११ हजार  सहयोग गरेका छन् । त्यस्तै पार्टीका अन्य क्रियाशील सदस्य, साधारण सदस्य तथा शुभेच्छुकहरुबाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ । 

‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैबाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आफ्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरिद गरी भवन निर्माण गरिरहेका छन्’(उपसभापति सुवेदीले भन्नुभयो । ठूलो आकारको रकम जुटाउन केही साता अघि निर्माण समिति सदस्य उपसभापति सुवेदीले संघीय सरकारको सहरी विकास मन्त्रालयमा भवन निर्माण सहयोगका लागि रकमसहितको प्रपोजल बुझाएका छन् । ‘मन्त्रालयबाट सहयोग गर्ने आश्वासन प्राप्त भएको छ’ सुवेदीले भन्नुभयो। 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…