Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्ज वडा नम्बर १८ मा काँग्रेसको पार्टी वडा कार्यालय भवन बन्दै

डेक्स

डेक्स

नेपालगञ्ज वडा नम्बर १८ मा काँग्रेसको पार्टी वडा कार्यालय भवन बन्दै
ADVERTISEMENT

नेपालगञ्ज ३ साउन । नेपालगञ्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण भईरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो । 

‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि रु। ६० लाख खर्च हुनेछ । प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब रु। २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिनुभयो । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहनेछ ।

भवन निर्माणका लागि पार्टीका क्रियाशील सदस्य सोही वडा निवासी रामकुमार बर्माले झण्डै रु। ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् । उपसभापति सुवेदीका अनुसार भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।

निर्माण समितिमा उपसभापति सुवेदी समेत रहेका छन् । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वतःस्फूर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् । 

सुवेदीका अनुसार भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ्ग(गिट्टी, मख्खन धामीले रु। ५० हजार, डा। राजेश केशर खनालले रु। ११ हजार, नवराज शाहले रु। २५ हजार र नयाँराम पौडेलले रु। ११ हजार  सहयोग गरेका छन् । त्यस्तै पार्टीका अन्य क्रियाशील सदस्य, साधारण सदस्य तथा शुभेच्छुकहरुबाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ । 

‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैबाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आफ्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरिद गरी भवन निर्माण गरिरहेका छन्’(उपसभापति सुवेदीले भन्नुभयो । ठूलो आकारको रकम जुटाउन केही साता अघि निर्माण समिति सदस्य उपसभापति सुवेदीले संघीय सरकारको सहरी विकास मन्त्रालयमा भवन निर्माण सहयोगका लागि रकमसहितको प्रपोजल बुझाएका छन् । ‘मन्त्रालयबाट सहयोग गर्ने आश्वासन प्राप्त भएको छ’ सुवेदीले भन्नुभयो। 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …