Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा

डेक्स

डेक्स

नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
ADVERTISEMENT

नेपालगन्ज , असार ३१ । नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा असार ३१ गते बास नेपालको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो । 

आठ बुँदे प्रतिबद्धताहरुमा उपमहागनरपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारीताको लागि बहिरा आपाङ्गगता भएका व्यक्तिहरुको लागि दोभाषेको व्यवस्था गर्ने, कृष्ण्सार एफ. एम. जाने बाटो आउने आर्थिक वर्ष २०८२÷०८३ मा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज वडा नं. १० भृकृटीनगर लगाएत नगरभरीका सबै नालाको समयमै सरसफाई गरी डुवान मुक्त गर्ने, गणेशमान चोकदेखि औधोगिक क्षेत्र अगाडीको सडक पेटीको सरसफाई र सौन्दर्यीकरण गर्ने, असारे विकासका विषयमा प्राप्त गुनसोलाई न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्षमा श्रावण महिना देखि नै कार्यान्वयन कार्ययोजना तयार गरी सार्वजनिकरण गर्ने र समयम नै काम सम्पन्न गर्ने, कृषि प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नगरभित्रका कृषकहरुले ३ वर्षे कृषि योजना सहितको विवरण पेश गरेमा मुनसिवताको आधारमा २५ प्रतिशत कर छुट गर्ने, बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप २०८३ सम्म नेपालगन्ज उपमहनगरपालिकालाई बालमैत्री घोषणा गर्नेगरी अभियान संचालन गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा सि.सि. टिभि क्यामरा जडानगरी नागरिक सुरक्षा, सतर्कता र निगरानी बढाउने तथा सडकबत्ती नभएका स्थानमा जडान गर्ने तथा विग्रिएका सडकबत्ती यथासक्य सुधार गर्ने र प्राविधिक कारणले संचालन हुन नसकेको नेपालगन्ज उपमहनगरपालिकाको लिफ्ट आगामी आ.व.को पहिलो चौमासिकभित्र संचालन गर्ने रहेका छन् । 

२३० जना नगरवासीको उपस्थिती रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिहरुले नगर भित्रको बाटो तथा नालीहरु मर्मत गर्नुपर्ने, बालमैत्री स्थानीय शासनका कार्यक्रमहरुलाई तिव्रताको साथ अगाडी बढाउनुपर्ने, सहरभित्रका विभिन्न बजार क्षेत्रमा सडकबत्ति जडान गरिनुपर्ने, मुस्लिम समुदायका महिलाहरुलाई लक्षित गरी कार्यक्रम तर्जुमा गनुपर्ने, असारे विकासलाई अन्त्य गर्दै समयमा नै विकास निर्माणका कार्यक्रमहरु गर्नुपर्ने, बागेश्वरी मन्दिरलाई पर्यटकीय रुपमा विकास गरिनुपर्ने, जडीबुटी खेतीलाई प्रवद्र्धन गर्नुपर्ने, बालश्रम र लागु औषध नियन्त्रण गर्नुपर्ने, वडाको सीमानाका सम्बन्धमा देखिएका समस्या समाधान गर्नुपर्ने, नगरभित्रमा सौन्दर्यीकरण गर्ने कार्य थालनी गर्नुपर्ने जस्ता सवालहरु उठान गरेका थिए । 

सहभागिहरुले उठान गरको सवालहरुको जवाफ उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरु, महाशाखा तथा शाखा प्रमुखहरुले दिएका थिए । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…