Pairabi logo

असोज २४, २०८३, शनिबार                    

नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा

डेक्स

डेक्स

नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
ADVERTISEMENT

नेपालगन्ज , असार ३१ । नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा असार ३१ गते बास नेपालको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो । 

आठ बुँदे प्रतिबद्धताहरुमा उपमहागनरपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारीताको लागि बहिरा आपाङ्गगता भएका व्यक्तिहरुको लागि दोभाषेको व्यवस्था गर्ने, कृष्ण्सार एफ. एम. जाने बाटो आउने आर्थिक वर्ष २०८२÷०८३ मा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज वडा नं. १० भृकृटीनगर लगाएत नगरभरीका सबै नालाको समयमै सरसफाई गरी डुवान मुक्त गर्ने, गणेशमान चोकदेखि औधोगिक क्षेत्र अगाडीको सडक पेटीको सरसफाई र सौन्दर्यीकरण गर्ने, असारे विकासका विषयमा प्राप्त गुनसोलाई न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्षमा श्रावण महिना देखि नै कार्यान्वयन कार्ययोजना तयार गरी सार्वजनिकरण गर्ने र समयम नै काम सम्पन्न गर्ने, कृषि प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नगरभित्रका कृषकहरुले ३ वर्षे कृषि योजना सहितको विवरण पेश गरेमा मुनसिवताको आधारमा २५ प्रतिशत कर छुट गर्ने, बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप २०८३ सम्म नेपालगन्ज उपमहनगरपालिकालाई बालमैत्री घोषणा गर्नेगरी अभियान संचालन गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा सि.सि. टिभि क्यामरा जडानगरी नागरिक सुरक्षा, सतर्कता र निगरानी बढाउने तथा सडकबत्ती नभएका स्थानमा जडान गर्ने तथा विग्रिएका सडकबत्ती यथासक्य सुधार गर्ने र प्राविधिक कारणले संचालन हुन नसकेको नेपालगन्ज उपमहनगरपालिकाको लिफ्ट आगामी आ.व.को पहिलो चौमासिकभित्र संचालन गर्ने रहेका छन् । 

२३० जना नगरवासीको उपस्थिती रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिहरुले नगर भित्रको बाटो तथा नालीहरु मर्मत गर्नुपर्ने, बालमैत्री स्थानीय शासनका कार्यक्रमहरुलाई तिव्रताको साथ अगाडी बढाउनुपर्ने, सहरभित्रका विभिन्न बजार क्षेत्रमा सडकबत्ति जडान गरिनुपर्ने, मुस्लिम समुदायका महिलाहरुलाई लक्षित गरी कार्यक्रम तर्जुमा गनुपर्ने, असारे विकासलाई अन्त्य गर्दै समयमा नै विकास निर्माणका कार्यक्रमहरु गर्नुपर्ने, बागेश्वरी मन्दिरलाई पर्यटकीय रुपमा विकास गरिनुपर्ने, जडीबुटी खेतीलाई प्रवद्र्धन गर्नुपर्ने, बालश्रम र लागु औषध नियन्त्रण गर्नुपर्ने, वडाको सीमानाका सम्बन्धमा देखिएका समस्या समाधान गर्नुपर्ने, नगरभित्रमा सौन्दर्यीकरण गर्ने कार्य थालनी गर्नुपर्ने जस्ता सवालहरु उठान गरेका थिए । 

सहभागिहरुले उठान गरको सवालहरुको जवाफ उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरु, महाशाखा तथा शाखा प्रमुखहरुले दिएका थिए । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…