Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता

डेक्स

डेक्स

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता
ADVERTISEMENT

नेपालगन्ज, २७ असार । डुडुवा गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । 

डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा वडा नम्बर ६ को हिरमिनियामा सम्पन्न सार्वजनिक सुनुवाईले ७ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पालिकाले गरेको प्रगति कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । 

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा महन्तपुर्वामा निर्माण सम्पन्न नालाको निकास नभएकोले यथासक्य फिल्डमा प्राविधिक खटाई समाधानको पहल गर्ने, वडा नम्बर ६ को बकौलीमा हिलाम्य बाटोका कारण आवत जावतमा समस्या भइरहेकाले हप्ता दिन भित्र ग्राभेल हालेर आवतजावत सहज गर्ने र दिर्घकालिन समाधानका लागि पहल गर्ने, भंगघोटना लगायत टोलहरुमा बिद्युत भोल्टेजको समस्या देखिएकाले ट्रान्सफर्मर जडानको पहल गर्ने, हिरमिनिया स्थित साविकको सशत्र बेश क्याम्प पछाडीको २०० मीटर वाटो आगामी आर्थिक बर्षमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने, अहेरपुर टोलमा ह्युमपाईप आवश्यक रहेकोमा पालिकाबाट उपलब्ध गराउने, स्वास्थ्य चौकीमा देखिएको औषधिको अभाव परिपूर्ती गर्ने र निर्माणाधिन सडकको गुणस्तरीयताका बिषयमा सबै सजग रहने प्रतिबद्धता गरिएको छ । 

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो । सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो । 

झण्डै २५० बढी स्थानीयहरुको सहभागिता रहेको सुनुवाईमा सोधेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सुनुवाईमा उपस्थित प्रमुख जवाफदेहि बक्ता गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष शहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेय, वडा अध्यक्ष दुर्गा प्रसाद बर्मा, शाखा प्रमुख लगायतले दिनुभएको थियो । सार्वजनिक सुनुवाई वडा नम्बर ६ को श्री सरस्वती माबि गंघोटनामा सम्पन्न भएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…