Pairabi logo

असोज ११, २०८३, आइतबार                    

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता

डेक्स

डेक्स

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता
ADVERTISEMENT

नेपालगन्ज, २७ असार । डुडुवा गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । 

डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा वडा नम्बर ६ को हिरमिनियामा सम्पन्न सार्वजनिक सुनुवाईले ७ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पालिकाले गरेको प्रगति कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । 

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा महन्तपुर्वामा निर्माण सम्पन्न नालाको निकास नभएकोले यथासक्य फिल्डमा प्राविधिक खटाई समाधानको पहल गर्ने, वडा नम्बर ६ को बकौलीमा हिलाम्य बाटोका कारण आवत जावतमा समस्या भइरहेकाले हप्ता दिन भित्र ग्राभेल हालेर आवतजावत सहज गर्ने र दिर्घकालिन समाधानका लागि पहल गर्ने, भंगघोटना लगायत टोलहरुमा बिद्युत भोल्टेजको समस्या देखिएकाले ट्रान्सफर्मर जडानको पहल गर्ने, हिरमिनिया स्थित साविकको सशत्र बेश क्याम्प पछाडीको २०० मीटर वाटो आगामी आर्थिक बर्षमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने, अहेरपुर टोलमा ह्युमपाईप आवश्यक रहेकोमा पालिकाबाट उपलब्ध गराउने, स्वास्थ्य चौकीमा देखिएको औषधिको अभाव परिपूर्ती गर्ने र निर्माणाधिन सडकको गुणस्तरीयताका बिषयमा सबै सजग रहने प्रतिबद्धता गरिएको छ । 

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो । सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो । 

झण्डै २५० बढी स्थानीयहरुको सहभागिता रहेको सुनुवाईमा सोधेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सुनुवाईमा उपस्थित प्रमुख जवाफदेहि बक्ता गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष शहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेय, वडा अध्यक्ष दुर्गा प्रसाद बर्मा, शाखा प्रमुख लगायतले दिनुभएको थियो । सार्वजनिक सुनुवाई वडा नम्बर ६ को श्री सरस्वती माबि गंघोटनामा सम्पन्न भएको थियो । 

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

यो पनि

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…