Pairabi logo

असोज २४, २०८३, शनिबार                    

रासस अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै

डेक्स

डेक्स

रासस अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै
ADVERTISEMENT

बाँके, २२ असारः राष्ट्रिय समाचार समिति (रासस) अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै गएको छ । यसबाट अवधी भाषाको विकास, संरक्षण तथा सम्बद्र्धनमा टेवा पुगेकाले सेवा भरपुर रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय समाचार समिति ९रासस०द्वारा आज यहाँ आयोजित ‘रासस अवधी समाचार सेवा अन्तरक्रिया’का सहभागीले सरकारको विश्वसनिय समाचार संंस्था राससले उत्पादन गरेको अवधी भाषाको समाचार अन्य सञ्चारमाध्यमका लागि अति उपयोगी भएको बताए । पछिल्लो समय सञ्चारमाध्यममा स्थानीय विषयवस्तुको खोजी, जनशक्ति, तथा स्रोत साधन अभावको बेला यो सेवाले ठूलो सहयोग गरेको कार्यक्रमका सहभागी वक्ताहरुको भनाइ थियो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले स्थानीय भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि स्थानीय सरकारको भूमिका बढी भएकाले थप साधन स्रोतको व्यवस्थापन गरी सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले अवधी, भाषा र सहित्यको विकासमा सञ्चारमाध्यमको भूमिका बढी रहेकाले अवधी समाचार सेवाको प्रयोग तथा पहँुच बढाउनुपर्ने बताउनुभयो । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले स्थानीय भाषा, समुदायलाई लक्षित गरी मातृ भाषाअन्तर्गत अवधी, मैथली र नेपाल भाषाको समाचार सेवा सुरु गरेको उल्लेख गर्दै यो सेवाको प्रभावकारिताका लागि सरोकारवाला समुहसँग पृष्ठपोषण कार्य गरेको बताउनुभयो । 

कार्यकारी अध्यक्ष झाले राससले पाठकको लेखन र पठन संस्कृतिको विकास गर्ने योजना अनुरूप मातृभाषाका समाचार सेवालाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले समुदायका वास्तविक सवालको पहिचान गरी खोजमुलक पत्रकारितामार्फत जनतालाई सुसुचित बनाउने काम राससले गरिरेको जानकारी गराउँदै मातृभाषा समाचार सेवाको प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार लियाकत अली, हेमन्त कर्माचार्य, निरज गौतम, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नविन गिरी, पत्रकार तथा अवधी साहित्यकार आरिफ अन्सारी, शरण कर्माचार्य, आशिष गुप्ता, कृष्णादेवी पाण्डे, सन्ध्या शर्मा, मुनिर खाँ, विरेन्द्र यादव, जहिरुल हक जीनू, अधिबक्ता विश्वजित तिवारी, पवन जायसवालले रासस अवधी समाचार सेवाको प्रभावकरिताका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अवधी भाषाका समाचार सम्पादक राकेशकुमार मिश्रले गर्नुभएको थियो । राससले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा डेढ वर्ष अघि अवधी समाचार सेवाको सुरुआत गरेको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…