Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

रासस अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै

डेक्स

डेक्स

रासस अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै
ADVERTISEMENT

बाँके, २२ असारः राष्ट्रिय समाचार समिति (रासस) अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै गएको छ । यसबाट अवधी भाषाको विकास, संरक्षण तथा सम्बद्र्धनमा टेवा पुगेकाले सेवा भरपुर रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय समाचार समिति ९रासस०द्वारा आज यहाँ आयोजित ‘रासस अवधी समाचार सेवा अन्तरक्रिया’का सहभागीले सरकारको विश्वसनिय समाचार संंस्था राससले उत्पादन गरेको अवधी भाषाको समाचार अन्य सञ्चारमाध्यमका लागि अति उपयोगी भएको बताए । पछिल्लो समय सञ्चारमाध्यममा स्थानीय विषयवस्तुको खोजी, जनशक्ति, तथा स्रोत साधन अभावको बेला यो सेवाले ठूलो सहयोग गरेको कार्यक्रमका सहभागी वक्ताहरुको भनाइ थियो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले स्थानीय भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि स्थानीय सरकारको भूमिका बढी भएकाले थप साधन स्रोतको व्यवस्थापन गरी सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले अवधी, भाषा र सहित्यको विकासमा सञ्चारमाध्यमको भूमिका बढी रहेकाले अवधी समाचार सेवाको प्रयोग तथा पहँुच बढाउनुपर्ने बताउनुभयो । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले स्थानीय भाषा, समुदायलाई लक्षित गरी मातृ भाषाअन्तर्गत अवधी, मैथली र नेपाल भाषाको समाचार सेवा सुरु गरेको उल्लेख गर्दै यो सेवाको प्रभावकारिताका लागि सरोकारवाला समुहसँग पृष्ठपोषण कार्य गरेको बताउनुभयो । 

कार्यकारी अध्यक्ष झाले राससले पाठकको लेखन र पठन संस्कृतिको विकास गर्ने योजना अनुरूप मातृभाषाका समाचार सेवालाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले समुदायका वास्तविक सवालको पहिचान गरी खोजमुलक पत्रकारितामार्फत जनतालाई सुसुचित बनाउने काम राससले गरिरेको जानकारी गराउँदै मातृभाषा समाचार सेवाको प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार लियाकत अली, हेमन्त कर्माचार्य, निरज गौतम, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नविन गिरी, पत्रकार तथा अवधी साहित्यकार आरिफ अन्सारी, शरण कर्माचार्य, आशिष गुप्ता, कृष्णादेवी पाण्डे, सन्ध्या शर्मा, मुनिर खाँ, विरेन्द्र यादव, जहिरुल हक जीनू, अधिबक्ता विश्वजित तिवारी, पवन जायसवालले रासस अवधी समाचार सेवाको प्रभावकरिताका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अवधी भाषाका समाचार सम्पादक राकेशकुमार मिश्रले गर्नुभएको थियो । राससले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा डेढ वर्ष अघि अवधी समाचार सेवाको सुरुआत गरेको थियो । 

ताजा

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…