Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

गर्मी छल्न कुलिङ सेन्टर संचालन

डेक्स

डेक्स

गर्मी छल्न कुलिङ सेन्टर संचालन
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त लागतमा वडा नम्बर–४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा आएको हो । 

नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरको रुपमा रहेको नेपालगञ्जमा पहिलोपटक कुलिङ सेन्टर बनाइएको हो । गर्मीमा तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरुप यात्रुहरुलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 

उहाँका अनुसार असाध्यै गर्मीसंगै (लु) चलेको समयमा कुलिङ सेन्टरले नागरिकलाई राहत दिने भने नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाको रु २७ लाख लागतमा निर्माण भएको कुलिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले रु १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिनुभयो । 

वातावरणमैत्री संरचनायुक्त कुलिङ सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको छ । १२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सन बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटीले १–१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले जानकारी दिनुभयो । जय भवानी कन्स्ट्रक्सन नेपालगञ्ज–१२ बाँकेले कुलिङ सेन्टर निर्माण गरेको हो ।
–––
 

ताजा

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…