Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डेक्स

डेक्स

डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग
ADVERTISEMENT

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । 

पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, विस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । 

सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आश्रममा रहेका बृद्धहरुको अवस्था निकै दयनिय तथा दुःखदायी अवस्था रहेकाले मानव सेवाको भावनाले उहाँहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै पालिकाले आश्रमलाई आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । 

अध्यक्ष चौधरीले निल सागर सेवा आश्रमद्धारा निमार्णाधिन भवनमा एक कोठे भवन बनाउने र केही पंखा लगायतका सामाग्री थप सहयोग गर्ने घोषणा गर्नुभयो । पालिकाले यस वर्ष गणतन्त्र दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…