Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

डेक्स

डेक्स

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी
ADVERTISEMENT

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।

उहाँले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने भन्दै नतिजा आफूहरुले जित्ने दाबी गर्नुभयो । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिनुभयो । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उहाँले बताउनुभयो ।  

यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने उदघोष गर्नुभयो । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भन्नुभयो,–“फुटबलमा नतिजा जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।” उहाँले फाइनल खेलमा राम्रो प्रस्तुति दिने बताउनुभयो । 

यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताउनुभयो । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने व्यवस्थापकिय कामहरु गर्नुपर्ने सुझाव दिनुभयो । 

एपीएफ क्लब र नेपाल पुलिस क्लब बिच हुने फाइनल खेल शुक्रबार दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिनुभयो । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन । 

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । 


 

ताजा

सबै

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…