Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

डेक्स

डेक्स

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी
ADVERTISEMENT

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।

उहाँले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने भन्दै नतिजा आफूहरुले जित्ने दाबी गर्नुभयो । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिनुभयो । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उहाँले बताउनुभयो ।  

यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने उदघोष गर्नुभयो । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भन्नुभयो,–“फुटबलमा नतिजा जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।” उहाँले फाइनल खेलमा राम्रो प्रस्तुति दिने बताउनुभयो । 

यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताउनुभयो । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने व्यवस्थापकिय कामहरु गर्नुपर्ने सुझाव दिनुभयो । 

एपीएफ क्लब र नेपाल पुलिस क्लब बिच हुने फाइनल खेल शुक्रबार दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिनुभयो । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन । 

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । 


 

ताजा

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…