Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

डेक्स

डेक्स

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक
ADVERTISEMENT

लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।  

“लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भन्नुभयो, “नियमति रुपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगञ्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।”

अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । 

विगतमा सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक  प्रतियोगिता सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो । 

आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगञ्ज रङ्गशाला आकर्षक देखिएको छ । जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा शुक्रबार सुरू भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिनुभयो ।

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…