Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा

डेक्स

डेक्स

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा
ADVERTISEMENT

नेपालगन्ज, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भए श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । 

नेपाली कांग्रेस, बाँकेको आज यहाँ तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले काठमाण्डौको तिनकुने वा देशका विभिन्न शहरमा आन्दोलन गर्दैमा राजसंस्था नफर्किने बताउनुभयो । उहाँले पूर्वराजा आफू चुनाव नलडेर चुनाव चिन्ह श्रीपेजमा अरुलाई उठाएर दुई तिहाई सांसद जितेर राजसंस्था फर्काउन चुनौती दिदै भन्नुभयो, ‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ 

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई सडकमा नभई सरकारमा प्रदर्शन गर्न सुझाव दिदै देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुंग्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

महामन्त्री शर्माले काँग्रेश कार्यक्रतालाई कुनै व्यक्ती, गुट, उपगुटको पछि नलागेर संगठ्नको पछि लागेमा मात्र पाटी बलियो हुने भन्दै पार्टीले नै देश र जनताको विकास गर्ने बताउनुभयो । गाउँ टोलस्तरमा पार्टीले गरेको राम्रो कामको प्रचार गरि विश्वासिलो पाटी बनाउन कार्यक्रतालाई आग्रह गर्नुभयो । 

सम्मेलनमा पार्टीका सह–महामन्त्री किशोरसिंह राठौरले नेताहरु ईमान्दार र अनुशासित भएमा जनमत आफै बढ्ने भन्दै वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यक्रताले संगठनको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा केन्द्रिय सदस्यहरु मैकुलाल बाल्मिकी, डा. गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि बोल्नुभएको थियो । यस्तै लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राप्तीसोनारी सभापति भिमबहादुर रानाक्षेत्री, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाल मगर संघका केन्द्रीय सहमहामन्त्री उमा थापामगर, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सम्मेलनमा बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो । 

त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो समेत विमोचन गर्नुभएको थियो । सम्मेलनमा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव कोइरालाले गर्नुभएको थियो भने सभापति गौडेलको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो ।


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…