Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा

डेक्स

डेक्स

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा
ADVERTISEMENT

नेपालगन्ज, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भए श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । 

नेपाली कांग्रेस, बाँकेको आज यहाँ तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले काठमाण्डौको तिनकुने वा देशका विभिन्न शहरमा आन्दोलन गर्दैमा राजसंस्था नफर्किने बताउनुभयो । उहाँले पूर्वराजा आफू चुनाव नलडेर चुनाव चिन्ह श्रीपेजमा अरुलाई उठाएर दुई तिहाई सांसद जितेर राजसंस्था फर्काउन चुनौती दिदै भन्नुभयो, ‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ 

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई सडकमा नभई सरकारमा प्रदर्शन गर्न सुझाव दिदै देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुंग्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

महामन्त्री शर्माले काँग्रेश कार्यक्रतालाई कुनै व्यक्ती, गुट, उपगुटको पछि नलागेर संगठ्नको पछि लागेमा मात्र पाटी बलियो हुने भन्दै पार्टीले नै देश र जनताको विकास गर्ने बताउनुभयो । गाउँ टोलस्तरमा पार्टीले गरेको राम्रो कामको प्रचार गरि विश्वासिलो पाटी बनाउन कार्यक्रतालाई आग्रह गर्नुभयो । 

सम्मेलनमा पार्टीका सह–महामन्त्री किशोरसिंह राठौरले नेताहरु ईमान्दार र अनुशासित भएमा जनमत आफै बढ्ने भन्दै वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यक्रताले संगठनको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा केन्द्रिय सदस्यहरु मैकुलाल बाल्मिकी, डा. गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि बोल्नुभएको थियो । यस्तै लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राप्तीसोनारी सभापति भिमबहादुर रानाक्षेत्री, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाल मगर संघका केन्द्रीय सहमहामन्त्री उमा थापामगर, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सम्मेलनमा बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो । 

त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो समेत विमोचन गर्नुभएको थियो । सम्मेलनमा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव कोइरालाले गर्नुभएको थियो भने सभापति गौडेलको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो ।


 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…