Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

डेक्स

डेक्स

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी
ADVERTISEMENT

कोहलपुर (बाँके), २८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभा ’क’ र ’ख’ बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज कोहलपुरमा सम्बोधन गर्दै डा. भण्डारीले जनआकांक्षा बुझेर जनतासंग जोडिन सकेमात्र पार्टी मजबुत हुनसक्छ भन्नुभयो । 

जनतामा छाएको निराशा हटाउनका लागि गम्भीर हुन जरुरी रहेको बताउँदै केन्द्रीय सदस्य भण्डारीले सत्ता केन्द्रीत राजनीतिले जनतामा असन्तुष्टि बढेको बताउनुभयो । ‘सत्ता राजनीतिको अस्वस्थ खेलले जनतामा निराशा छाएको छ, त्यसलाई बदल्न आवश्यक छ,’, डा. भण्डारीले भन्नभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीले एउटै अनुहारलाई पटकपटक अवसर दिँदा नयाँ अनुहार अगाडि आउनै नसकेको टिप्पणी गर्दै त्यसमा पनि सुधार ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न तेस्रो सम्मेलनमा केन्द्रीय सदस्यहरु हृदयराम थानी, डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा क्षेत्रीय कार्यसमितिको वेबसाइट पनि शुभारम्भ गरिएको थियो । यस्तै क्षेत्रीय कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु समेटेर भिडियो सामग्री पनि देखाइएको थियो । क्षेत्रीय सभापति केसीले पार्टीलाई प्रविधिमैत्री बनाउन वेबसाइट बनाएर शुभारम्भ गरिएको बताउनुभयो । 

सम्मेलनमा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रदेश सभा ’क’ का कोषाध्यक्ष झुपबहादुर विष्टले आर्थिक प्रतिवेदन तथा प्रदेश सभा ’ख’ का सचिव भिम पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सबै प्रतिवेदन सम्मेलनबाट पारित भएका छन् । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गर्नुभएको थियो । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । 


 

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…