Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

डेक्स

डेक्स

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी
ADVERTISEMENT

कोहलपुर (बाँके), २८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभा ’क’ र ’ख’ बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज कोहलपुरमा सम्बोधन गर्दै डा. भण्डारीले जनआकांक्षा बुझेर जनतासंग जोडिन सकेमात्र पार्टी मजबुत हुनसक्छ भन्नुभयो । 

जनतामा छाएको निराशा हटाउनका लागि गम्भीर हुन जरुरी रहेको बताउँदै केन्द्रीय सदस्य भण्डारीले सत्ता केन्द्रीत राजनीतिले जनतामा असन्तुष्टि बढेको बताउनुभयो । ‘सत्ता राजनीतिको अस्वस्थ खेलले जनतामा निराशा छाएको छ, त्यसलाई बदल्न आवश्यक छ,’, डा. भण्डारीले भन्नभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीले एउटै अनुहारलाई पटकपटक अवसर दिँदा नयाँ अनुहार अगाडि आउनै नसकेको टिप्पणी गर्दै त्यसमा पनि सुधार ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न तेस्रो सम्मेलनमा केन्द्रीय सदस्यहरु हृदयराम थानी, डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा क्षेत्रीय कार्यसमितिको वेबसाइट पनि शुभारम्भ गरिएको थियो । यस्तै क्षेत्रीय कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु समेटेर भिडियो सामग्री पनि देखाइएको थियो । क्षेत्रीय सभापति केसीले पार्टीलाई प्रविधिमैत्री बनाउन वेबसाइट बनाएर शुभारम्भ गरिएको बताउनुभयो । 

सम्मेलनमा क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रदेश सभा ’क’ का कोषाध्यक्ष झुपबहादुर विष्टले आर्थिक प्रतिवेदन तथा प्रदेश सभा ’ख’ का सचिव भिम पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सबै प्रतिवेदन सम्मेलनबाट पारित भएका छन् । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गर्नुभएको थियो । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…