Pairabi logo

माघ ११, २०८२, शनिबार                    

लुम्बिनी कपमा ८ टिम सहभागि हुने, विजेतालाई रु ५ लाख पुरस्कार

डेक्स

डेक्स

लुम्बिनी कपमा ८ टिम सहभागि हुने, विजेतालाई रु ५ लाख पुरस्कार
ADVERTISEMENT

नेपालगन्ज, चैत २७ । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । 

आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिनुभयो ।
प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पुर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताउनुभयो । 

नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट व्यवस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । 

खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्था गरिएको छ । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएका छन । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो । प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द , अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौता पत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार टिकट पार्टनर इसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता पत्र हस्तान्तरण गर्नुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…