Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

बाँकेमा स्ट्रबेरी खेती

डेक्स

डेक्स

बाँकेमा स्ट्रबेरी खेती
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । 

कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । 

सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोप्नुभएको थियो । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ । 

गत माघको अन्तिम सातादेखि उहाँको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उहाँका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगञ्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । 

‎प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उहाँले यो फल खुद्रामा प्रतिकिलो रु सात सय र थोकमा रु छ सय प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उहाँको भनाइ छ । यो अवधिमा करिब रु पाँच लाख जति आम्दानी भएको छ । उहाँको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन् । 

सुरुमा उहाँलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उहाँ बताउनुहुन्छ । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उहाँको बुझाइ छ । ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पु¥याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ । 

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…