Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

डेक्स

डेक्स

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग
ADVERTISEMENT

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा सतसङ्ग एवं नामदान समारोह सञ्चालन भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१९ बसुदेवपुरमा मङ्गलबारदेखि सुरु भएको सतसङ्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत र भारतको उत्तर प्रदेश, महाराष्ट्र, उत्तराखण्डबाट करिब १० हजार जयगुरुदेव शिष्यको सहभागिता रहेको कार्यक्रमका प्रचारक डा चेतमान जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवारसम्म सञ्चालन हुने सतसङ्ग एवं नामदान समारोहमा भारतको मध्यप्रदेशस्थित उज्जैनबाट पाल्नुभएका वक्ता गुरु परम सन्त बाबा उमाकान्त जी महाराजले जयगुरुदेव शिष्यसँग सतसङ्ग गर्नुहुनेछ । “यो समयमा सनातन पूजापाठ, रीतिरिवाज, खानपान, पहिरन र भगवान्लाई भुलेर गलत बाटो अपनाई पाप र व्यभिचारमा लिप्त भइरहेका छन्”, डा जिसीले भन्नुभयो, “यस्तो हालतलाई मध्यनजर गरी मानिसहरूलाई सम्झाउन, बुझाउन तथा कष्ट निवारणका लागि सतसङ्ग कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा जयगुरुदेव शिष्यका साथै सबै धर्म र सम्प्रदायका व्यक्तिलाई समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको कार्यक्रमका अर्का प्रचारक डा लोकेन्द्र खड्काले बताउनुभयो । कार्यक्रममा सहभागी सबै झक्तजनलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ ।

“दुईदिने सतसङ्ग कार्यक्रम आयोजना गर्न करिब रु ४० लाख खर्च हुने अनुमान गरिएको छ, यो खर्च जयगुरुदेव शिष्यबाटै स्वइच्छाले दिएको दानबाट व्यवस्थापन गर्ने गरेका छाँै”, डा खड्काले भन्नुभयो, “हामी कार्यक्रम सञ्चालनका लागि कहीँकतै पनि चन्दा उठाउन जाँदैनौँ, गच्छेअनुसार शिष्यले दिएको दानबाटै व्यवस्थापन गर्दै आएका छौँ ।”

बाँके, बर्दिया, दाङ र सुर्खेतका जयगुरुदेव शिष्यलाई मध्यनजर गरेर नेपालगञ्जमा गुरु परम सन्त बाबा उमाकान्त जी महाराजको सतसङ्ग कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…