Pairabi logo

पुस २८, २०८२, सोमबार                    

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

डेक्स

डेक्स

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग
ADVERTISEMENT

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा सतसङ्ग एवं नामदान समारोह सञ्चालन भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१९ बसुदेवपुरमा मङ्गलबारदेखि सुरु भएको सतसङ्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत र भारतको उत्तर प्रदेश, महाराष्ट्र, उत्तराखण्डबाट करिब १० हजार जयगुरुदेव शिष्यको सहभागिता रहेको कार्यक्रमका प्रचारक डा चेतमान जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवारसम्म सञ्चालन हुने सतसङ्ग एवं नामदान समारोहमा भारतको मध्यप्रदेशस्थित उज्जैनबाट पाल्नुभएका वक्ता गुरु परम सन्त बाबा उमाकान्त जी महाराजले जयगुरुदेव शिष्यसँग सतसङ्ग गर्नुहुनेछ । “यो समयमा सनातन पूजापाठ, रीतिरिवाज, खानपान, पहिरन र भगवान्लाई भुलेर गलत बाटो अपनाई पाप र व्यभिचारमा लिप्त भइरहेका छन्”, डा जिसीले भन्नुभयो, “यस्तो हालतलाई मध्यनजर गरी मानिसहरूलाई सम्झाउन, बुझाउन तथा कष्ट निवारणका लागि सतसङ्ग कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा जयगुरुदेव शिष्यका साथै सबै धर्म र सम्प्रदायका व्यक्तिलाई समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको कार्यक्रमका अर्का प्रचारक डा लोकेन्द्र खड्काले बताउनुभयो । कार्यक्रममा सहभागी सबै झक्तजनलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ ।

“दुईदिने सतसङ्ग कार्यक्रम आयोजना गर्न करिब रु ४० लाख खर्च हुने अनुमान गरिएको छ, यो खर्च जयगुरुदेव शिष्यबाटै स्वइच्छाले दिएको दानबाट व्यवस्थापन गर्ने गरेका छाँै”, डा खड्काले भन्नुभयो, “हामी कार्यक्रम सञ्चालनका लागि कहीँकतै पनि चन्दा उठाउन जाँदैनौँ, गच्छेअनुसार शिष्यले दिएको दानबाटै व्यवस्थापन गर्दै आएका छौँ ।”

बाँके, बर्दिया, दाङ र सुर्खेतका जयगुरुदेव शिष्यलाई मध्यनजर गरेर नेपालगञ्जमा गुरु परम सन्त बाबा उमाकान्त जी महाराजको सतसङ्ग कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…