Pairabi logo

माघ १३, २०८२, सोमबार                    

११५औ अन्तराष्ट्रिय नारी दिवस मनाइयो

डेक्स

डेक्स

११५औ अन्तराष्ट्रिय नारी दिवस मनाइयो
ADVERTISEMENT

नेपालगन्ज २४ फागुन । महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका बाट सुरु भएको रयाली विपि चोक ,धम्बोजि चोक ,सेतुविक चोक ,न्युरोड ,त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेकोमा जोड दिएका थिए । उनिहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदिवहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताउनुभयो । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउदै उहाले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्किले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मि लगायतले बोल्नुभएको थियो । कार्यक्रममा उद्योगी ,पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । 

सम्मानित हुने हरुमा महिला उद्यमि तर्फ आशा शार्की ,लक्ष्मी बम र नानी माया पुरी रहनु भएको छ । यसैगरी क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ । यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागि अधिकार ,समानता र सशक्तीकरण ”भन्ने रहेको छ ।

कार्यक्रममा स्वागत मन्तब्य नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन अधिकारकर्मि निर्मला पौडलले गर्नुभएको थियो । कार्यक्रममा २ सय भन्दा धेरैको सहभागिता रहेकोे थियो ।

दिवसको पुर्वसन्ध्यामा नेपालगन्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जसअन्र्तगत दिवसको अवसरमा नगरस्तरीय बालक्लव सन्जालका पदाधिकारीलाई ३ दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास तालिम ३ दिने सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निशुल्क पाठेघरको क्यान्सर परिक्षण कार्यक्रम गरीएको नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …