Pairabi logo

असोज २४, २०८३, शनिबार                    

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार ग्रहण

डेक्स

डेक्स

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार ग्रहण
ADVERTISEMENT

नेपालगञ्ज १७ फागुन, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले अवधी भाषा, संस्कृतिकलाई संरक्षण, सम्बर्धन गर्न र संस्थागत विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले अवधी भाषी महिला पत्रकारहरुको सहभागिता बढाउनका लागि अवधी पत्रकार संघको भुमिका बढाउनुपर्नेमा जोड दिदै अवधी समुदायका महिलाहरुको शसक्तिकरण गर्नुपर्ने बताउनुभयो । 

पत्रकारिता क्षेत्रमा समाबेशीतालाई विशेष प्राथमिकता दिनुभपर्नुे भन्दै सांसद तिवारीले हरेक निकायमा महिलालाई अवसर प्रदान गरि सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । 

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशभरका अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि गरि दक्ष बनाउने र मुस्लिम महिला पत्रकारहरुको सहभागिता बृद्धि गर्ने बताउनुभयो । उहाँले अवधी भाषाको विकासका लागि पत्रकारिता पेशालाई अझ शसक्त बनाउनुपर्नेमा जोड दिदै लोप हुन लागेको अवधी कला संस्कृतिको संरक्षणका लागि विशेष पहल आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा निर्वाचन समिति संयोजक लियाकत अली, सदस्यद्धय सुर्यलाल यादव र मोहम्मद आरिफ अन्सारीलगायताले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

त्यस अवसरमा अवधी पत्रकार संघ नेपाल बाँके शाखाका निवर्तमान अध्यक्ष प्रल्लाद विश्वकर्माले माइन्युट लगायत कागजातहरू नवनिर्वाचित अध्यक्ष समिर अलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जडीबुटी व्यवसायी सङ्घ बाँकेका अध्यक्ष टंकप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । 

गत शनिबार बाँकेको डुडुवा गाउँपालिका–५ पशुपति पिकनिक पार्कमा आयोजित अवधी पत्रकार संघ नेपाल बाँकेको पाँचौ जिल्ला अधिबेशनले समिर अलीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको थियो । आज संघ बाँकेका निवर्तमान अध्यक्ष प्रहलाद विश्वकर्माको जन्मदिन परेकोले केक काटेर जन्मोउत्सव समेत मनाइएको थियो । 

ताजा

सबै

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…