Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत

सम्वाददाता

सम्वाददाता

लुम्बिनी कप महिला फुटबलको तयारीः फुटबल ग्राउण्ड र रंगशालाको मर्मत
ADVERTISEMENT

नेपालगञ्ज, ९ फागुन । यही फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रणको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी द्रुतगतिमा अघि बढाइएको छ ।

प्रतियोगिता उद्घाटनको झण्डै १० दिन बाँकी भएको अवस्थामा प्राथमिकताका आधारमा कामको गतिलाई दु्रतगतिमा अघि बढाइएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । प्रमुख कार्यकारी शाहका अनसार यसअघि भएका प्रतियोगिताका कारण धुलाम्मे भएको फुटबल ग्राउण्डमा अहिले पानी चहार्ने काम भइरहेको छ । 

 यसैगरी, नेपालगञ्ज रंगशालाको प्याराफिटको मर्मत सम्भार, रंगरोगन, विद्युतिकरणमा सुधर, सरसफाई लगायतका कामलाई पनि द्रुतगति भइरहेको छ ।  बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताको लोगो यसअघि नै सार्वजनिक भइरहेको छ भने प्रतियोगितालाई व्यवस्थितरुपमा सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आप्नो कामलाई तिव्रता दिएका छन् । 

यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता नजिकिएसंगै यसका तयारीका बारे केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गर्न थालेका छन् । संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, सांसद दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारीलगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धतासमेत जनाएका छन् 

यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतियोगिता आयोजनाकै सन्दर्भमा जिल्लास्थित विभिन्न पेशगत संघ, संगठनहरुसंग समन्वयात्मक बैठकसमेत हुने गरेको छ । सोही क्रममा गैरसरकारी संस्था महासंघ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, बहुमुखी सेवा केन्द्र, गैरसरकारी संस्था महासंघ, सामुहिक अभियान नेपाल, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा, प्याब्सन, बाँके खेलकुद महासंघ, बाके लगायत संघ, संगठनहरुसंग बैठक बसि प्रतियोगिता सफल बनाउन आपसी सहयोगका सन्दर्भमा छलफल भएको प्रतियोगिता मिडिया संयोजक नीरज गौतमले जानकारी दिनुभयो । 
 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…