Pairabi logo

पुस २७, २०८२, आइतबार                    

गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी

डेक्स

डेक्स

गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी
ADVERTISEMENT

बर्दिया ६ फागुन । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाहरूको बालबचत खाता खोली रकम जम्मा गरिएको छ ।  

आर्थिक वर्ष २०७४/७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात गरेको थियो । 

आर्थिक वर्ष २०७९/८० देखि पालिकाले कार्यविधि नै बनाएर बालबचत खातामा प्रति बालिका पाँच हजार रुपियाँ रकम राख्दै आएको छ । अभिभावकले खोलेको बालबचत खातामा गाउँपालिकाले रकम बचत जम्मा गरिदिने गरेको हो । गाउँपालिकाले सञ्चालन गरेको बालिका बचाउ कार्यक्रमबाट हालसम्म पाँच सय ५६ जना बालिका लाभान्वित भएका छन् । सुरुको वर्षमा कम सेवाग्राही उपस्थित भएपनि पछिल्लो वर्षमा एक सयभन्दा बढी बालिकाले सेवा लिने गरेका छन् ।  

छोरी बचाउ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले तिन लाख ३७ हजार रकम लिई सकेका छन् । अघिल्लो आर्थिक वर्षमा एक सय ३५ जना बालिकाले ६ लाख ७५ हजार रकम बैँक खातामा जम्मा गरेका थिए । 

बालबचत खातामा जम्मा गरेको रकम बालिका १८ वर्ष पुरा नहुँदा सम्म निकाल्न पाइदैन । गाउँपालिकाले खातामा राखिदिएको रकमको व्याज हरेक वर्ष जोडिँदै जाने गरेको छ । अधिकांश अभिभावकले छोरीका नाममा रहेको खातामा थप रकम जम्मा गर्दै आएका छन् । 

बालिकाले रकम पाउनका लागि अभिभावकको नागरिकता, विवाह दर्ता, जन्मदर्ता, खोप कार्डको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, बैँक खाता नं। सहित जन्मेको ४५ दिनभित्र गाउँपालिकामा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ । 

गाउँपालिकाले बालविवाह गरेका अभिभावकलाई छोरी बचाउ कार्यक्रममा समावेश नगर्ने हुनाले पनि बालविवाह कम गर्नका लागि सहयोग पुगेको महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख रमा पुनमगरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा बालविवाह कम हुनुका साथै अभिभावकले समयमै बालबालिकाको जन्म दर्ता गर्न थालेका छन् । 

हाल गेरुवा गाउँपालिकामा बाल बचत खाता खोल्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले छोरीहरूको नाममा खाता खोल्न थालेपछि अभिभावकले छोराहरूको नाममा पनि खाता खोल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा छोरी जन्मेपछि हेरिने दृष्टिकोण समेत परिवर्तन भएको छ । 

गाउँपालिकाले खोली दिएको खातामा अभिभावकले समेत बचत गर्न थालेको गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो । उहाँले छोरीहरू प्रतिको विभेद अन्त्य गर्नका लागि आफूले अघिल्लो चुनाव जितेपछि पहिलो कार्यक्रम ल्याएको बताउँदै उद्देश्य अनुसार नै काम भइरहेको बताउनुभयो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…